सिलभर माउन्टेन स्कुलको आयोजनामा परिकार मेला
काठमाडौः सिलभर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टले अमेरिकी दूतावासको साझेदारीमा नेपाली र अमेरिकन परिकारको मेला आयोजना गरेको छ ।
मेला कलेजको हाताभित्र गत आइतबार आयोजना भएको थियो । मेलामा अमेरिकी सेफ मार्क टाफेयाको उपस्थिति रहेको थियो । कुलिनरी डिप्लोम्यासी कार्यक्रम भागका रूपमा अमेरिकी दूतावासले प्रसिद्ध सेफ मार्क टाफेयालाई नेपालमा ल्याएको हो ।
टाफेयाले कलेजका विद्यार्थीसँग एक मास्टर कक्षासमेत लिएका थिए । जहाँ हाम्रो विद्यार्थीले स्थानीय सामग्री दिइएको र एक परिकार बनाउन आग्रह गरेका थिए । साथै सेफ मार्कले विद्यार्थीलाई अमेरिकी व्याञ्जनलाई नेपाली शैलीमा निमार्ण गर्न सिकाएका थिए । मिस नेपाल माल्भिका सुब्बा, गायका नाट्टु शाहा, मोडेल वरुन राणालाई परिकार खुवाइएको कलेजले जनाएको छ ।