नेकोको शाखा विस्तार
काठमाडौः नेको इन्सुरेन्स लिमिटेडले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । निर्जीवन बिमा बजारमा उच्च गुणस्तरीय सेवा पुर्याउने उद्देश्यका साथ २० वर्ष अघि देशकै एक मात्र पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, कोष व्यवस्थापन कम्पनीलगायतका प्रवद्र्धकद्वारा स्थापित नेको इन्सुरेन्सले बिमा बजारमा सेवा प्रदान गर्दै आइरहेको छ ।
यस कम्पनीले देशका सम्पूर्ण भागमा आफ्नो उपस्थिति जनाउने प्रयास स्वरुप हालै काठमाडौंको कालीमाटी, ललितपुरको मानभवनमा, काठमाडौंको न्यूरोडमा र चाबहिलको चुच्चे पाटीमा शाखा कार्यालय स्थापना गरेको हो । यी शाखाको औपचारिक उद्घाटन बिमा समितिका अध्यक्ष फत्तबहादुर केसीले गरेका छन् ।
यी शाखा समेत गरी नेको इन्सुरेन्सको शाखा संख्या २३ पुगेको कम्पनीले जनाएको छ । नेको इन्सुरेन्सले २०७१÷७२ को बिमा प्रिमियममा ७१ प्रतिशतले वृद्धि गरी २०७२/७३ मा करिब ९३ करोड पुर्याएको छ । यस कम्पनीले १ बराबर १ हकप्रद सेयर जारी गरी कम्पनीको चुक्ता पुँजी ३२ करोड ४० लाखबाट ६४ करोड ८० लाख पुर्याउने प्रक्रियासमेत अघि बढाइसकेको छ ।