सीटीसी मोबाइल एक्स्पो हुने

 सीटीसी मोबाइल एक्स्पो हुने

काठमाडौः मुलुककै सर्वाधिक ठूलो सीटीसी मोबाइल बजारमा नेपालीको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र सुबिधासहितको मोबाइल एक्स्पो आयोजना हुने भएको छ ।

भीडभाड र कोलाहलयुक्त वातावरणबाट मुक्त हुँदै पार्किङको झन्झट बिर्साउँदै विगत एक वर्षदेखि सञ्चालनमा रहेको सीटीसी मोबाइल बजारले विजयादशमीको अवसर पारेर मोबाइल पारखीका लागि सामसुङ मोबाइल जे २ सीटीसी मोबाइल एक्स्पो २०१६ आयोजना गर्न लागेको हो ।

असोज ७ गतेदेखि असोज १५ गतेसम्म आयोजना गर्न लागिएको एक्स्पो २०१६ को मुख्य प्रायोजक सामसुङ मोबाइल छ । एक्स्पो सीटीसी मलको ग्राउन्ड फ्लोर तेस्रो, चौथो र पाँचौ तल्लामा हुने आयोजकले जनाएको छ ।

एकै छानामुनि डेढदर्जन मोबाइल कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसुङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई, ओबीआई स्पाइस र जोप्पो मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् । साथै कलर्स, जोप्पो र लक्ष्मी गु्रपद्वारा प्रवद्र्वित मोबाइलको सर्भिस सेन्टर चाँडै नै खुल्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.