सेन्ट्रल फाइनान्सले २३.६८ प्रतिशत लाभांश दिने
काठमाडौः सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१८ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त बोनस सेयर तथा नगदलाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र आगामी साधारणसभाले पारित गरिसकेपछि जारी हुने संस्थाले जनाएको छ ।
उक्त बोनस सेयर जारी पश्चात फाइनान्सको चुक्तापुँजी ३० करोड २२ लाख ७८ हजार हुनेछ । ललितपुरको कुपन्डोलमा केन्द्रीय कार्यालय रहेको फाइनान्सको काठमाडौंको चाबहिल, चितवनको नारायणगण र रुपन्देहीको बुटवलमा शाखाकार्यालय छ ।