सुरु भयो ‘मन खोलौं कोकसँग’ अभियान

सुरु भयो ‘मन खोलौं कोकसँग’ अभियान

काठमाडौः कोकाकोलाले ‘मन खोलौं कोकसँग’ नामक नयाँ अभियान सुरु गरेको छ । यो अभियानको घोषणा सीएनएन हिरो अनुराधा कोइरालाले बोतल उपहार लिँदै बुधबार गरिन् ।

कम्पनीले आउँदै गर्दा चाडपर्वलाई लक्षित गरेर जीवनको १५ महत्वपूर्ण सम्बन्धलाई दर्साउने गरी १५ वटा सन्देशसहितका नयाँ लेबल प्याक सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार विभिन्न १५ वटा नयाँ लेबलको सहयोगमा ग्राहकले आफ्ना प्रियजनसँग आफ्नो भावना साट्न सक्नेछन् । परिवार, आफन्त वा साथीभाइका लागि उपभोक्ताले आफूले चाहेको प्याक खरिद गरेर सन्देशसहित उपहार प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ ।

कोकाकोला नेपालका निर्देशक आलोक कोहलीले दसैं आशीर्वाद थाप्ने तथा एकआपसमा जोडिने महोत्सव भएको बताए । उनले कोकाकोलामार्फत आफ्ना उपाभोक्तालाई साथी तथा परिवारसँग जोडिन सहयोग गर्न चाहेको बताए ।

कम्पनीले परम्परागत कोक लेबल यो वर्ष हटाएको छ र हरेक मानिसको जीवनमा प्रभावित पार्ने बुवा, दाजुलगायतका विशेष सम्बन्धलाई सम्मानले प्रतिस्थापन गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.