सिद्धार्थ सिमेन्टको निर्माण व्यवसायी भेटघाट

सिद्धार्थ सिमेन्टको निर्माण व्यवसायी भेटघाट

काठमाडौः सिद्धार्थ सिमेन्ट उद्योगले मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिर्सोटमा निर्माण व्यवसायी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सिद्धार्थ ग्रुपका सञ्चालक जगदीश कुमार, सोमेश अग्रवाललगायत विभिन्न स्थानबाट आएका निर्माण व्यवसायीको उपस्थिति थियो ।

कार्यक्रममा सिद्धार्थ ग्रुपका कार्यकारी निर्देशक जगदीश अग्रवालले हरेक प्रकारको निर्माण कार्यका लागि गुणस्तरीय एवं उपयोगी सिद्धार्थ सिमेन्टलाई रोजेकोमा सम्पूर्ण व्यवसायीलाई धन्यवाद ज्ञापन गरे ।

उनले देशको पुनर्निर्माणका लागि सिमेन्टले महत्वपूर्ण भूमिका खेल्ने हुँदा निर्माण व्यवसायीले सिद्धार्थ सिमेन्टमार्फत सबै नेपालीलाई जोड्दै आएको बताए । कार्यक्रममा सिद्धार्थ ग्रुपका सञ्चालक रोहित अग्रवालले आफ्नो उत्पादनका बारेमा सहभागीलाई प्रस्ट पार्दै आफ्नो ब्रान्डको गुणस्तरप्रति सदैव सजग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.