तिनाउ विकास बैंकले दियो बिमा रकम
काठमाडौः तिनाउ विकास बैंक शाखा कार्यालय रामापुर रुपन्देहीले सेवाग्राही कमलप्रसाद पन्थकी पत्नी हरिमाया पन्थलाई दुर्घटना बिमाबापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
कर्मचारी बचत खाता खोलेका पन्थको दुर्घटनामा परी असामयिक निधन भएपछि बैंकले दुर्घटना बिमाबापतको रकम पत्नी हरिमायालाई हस्तान्तरण गरेको हो । रकम बैंकको रामापुर शाखाका प्रबन्धक खिमलाल पुरीले प्रदान गरे ।
विकास बैंकले कर्मचारी बचत खाता तथा पेन्सनर बचत खाता खोलेका ग्राहकलाई एक लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरिदिन्छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले रुपन्देही, नवलपरासी र चितवनमा गरी ११ वटा शाखाबाट बैंकिङ कारोबार गर्दै आएका छ ।
बैंकले जुनसुकै शाखामा खोलिएका यस्ता किसिमका निक्षेप खाताको दुर्घटना बिमा गरिदिने बैंकले जनाएको छ ।