सिटिजन्स बैंक र ओभरसिज रेमिटबीच सम्झौता
काठमाडौः सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओभरसिज रेमिट प्रालिबीच विप्रेषण भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ र ओभरसिज रेमिटका तर्फबाट जापानी प्रतिनिधि निर्देशक भूषण घिमिरे र रोशन केसीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार जापानमा रहेका नेपालीले स्वदेशमा रहेका आफन्तलाई ओभरसिज रेमिटमार्फत पठाएको रकम यस बैंकका सम्पूर्ण शाखा तथा देशैभरि फैलिएर रहेका सहायक प्रतिनिधिबाट छिटो, छरितो तथा भरपर्दो रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।
बैंकले स्वदेशका विभिन्न विपे्रषण कम्पनीसँग सहकार्य गरी सम्पूर्ण शाखाबाट वेस्टर्न युनियन, मनिग्राम, आईएमई, प्रभु मनी, हिमाल रेमिट, सिटी एक्सप्रेस, रिलायबल रेमिट, जेएमई, नेपाल रेमिट, इजिलिंक, बेस्ट रेमिट, पृथ्वी एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, सिजी मनि, आइपे रिलायबल र बुम रेमिटबाट आएको विपे्रषण रकम भुक्तान गर्दै आएको छ ।