‘नेपथ्य’ ब्याण्डले अमेरिकाको सनफ्रान्सिको तताउने
अमेरिकाः दसैँको अवसरमा नेपालको चर्चित लोक रक सांगीतिक ब्याण्ड ‘नेपथ्य’ले अमेरिकाको सानफ्रान्सिको तताउने भएको छ ।
नर्दन क्यालिफोर्नीया तमु समाज, भलमार सुपर मार्केट,तामाङ कर्पोरेसन सोसाइटी, क्रियटिभ नेपाल युथ अर्गनाइजेशन र काफल रेष्टुरेण्टको संयुक्त आयोजनामा हुने संगाीतिक कार्यक्रममा ‘नेपथ्य’ टिमको प्रस्तुति राखिएको छ ।
कार्यक्रमको नाम, ‘दसैँ धमाका लाइभ इन सनफ्रान्सिको द वारफिल्ड’ राखिएको । कार्यक्रम अक्टोबर १ तारिख स्थानीय समयअनुसार ६ बजेबाट सुरु हुने आयोजकले जानकारी दिएका छन् ।
नेपथ्य समूहले चर्चित गीत प्रस्तुत गर्ने संगीतिक कार्यक्रमको प्रवेश शुल्क ६० र एक सय डलर तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस !
७