नेपाली नागरिकले .com.np डोमेन यसरी लिनसक्छन्

नेपाली नागरिकले .com.np  डोमेन यसरी लिनसक्छन्

नेपाली नागरिक र नेपालमा आधारित कम्पनी र संगठनले फ्रीमा डट एनपी डोमेन नेम रजिस्टर गर्न सकिन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ ।

नेपाली नागरिकले आफ्नो नागरिकतामा भएको नामको सेरोफेरोमा रहेर आफ्नो लागि डट एनपी डोमेन दर्ता गर्न सक्छन् । कुनै कम्पनी वा संगठनले आफ्नो नाम, उत्पादन, सेवा र ब्रान्डका आधारमा डोमेन नेम रजिस्टर गर्ने सुविधा छ ।

डट एनपी एक कन्ट्री कोड टप लेवल डोमेन (सीसीटीएलडी) हो । कम डट एनपी, ओआरजी डट एनपी, ईडीयू डट एनपी, नेट डट एनपी, जीओभी डट एनपी, नेम डट एनपी, बिज डट एनपी, ट्राभल डट एनपी, एरो डट एनपी, एसिया डट एनपी, मोबि डट एनपी, प्रो डट एनपी आदि डोमेन नेम प्रकिया पुर्‌याएर निःशुल्क दर्ता गर्न पाइन्छ ।

सामान्य इन्टरनेट पहुँचमा रहेका सबैले 'रजिस्टर डट कम डट एनपी'मा गएर आफ्नो रोजाइको डोमेन नेम उपलब्ध छ कि भनी थाहा पाउन सक्छन् । डोमेन उपलब्ध भएको खण्डमा युजरनेम छानेर, आफ्नो इमेल आईडी इन्ट्री गरेर केही समयमै डोमेन रिक्वेस्ट पठाउन सकिन्छ । त्यसै वेबसइटमा लगइन गरेर, डोमेन रजिस्ट्रेसन प्रकिया पूरा गर्न नागरिकताको स्क्यान्ड कपी अपलोड गर्नुपर्छ । रिक्वेस्ट पठाएको तीन दिनभित्र डोमेन रजिस्टर हुनेछ ।

यसरी सामान्य प्रक्रिया पूरा गरेर व्यक्तिगत ब्लग खोल्न सकिन्छ । आफ्नो रुचि भएको कुनै विषयमा लेख लेखेर वा फोटो ब्लगिङ गरेर, गुगल ब्लगरमा यो डोमेनको सहायताले छोटो समयमै ब्लग खोल्न सकिन्छ ।

गुगल ब्लगरको प्रयोग गर्नाले वेब स्पेसको झन्झट हुँदैन । त्यतिमात्र होइन ब्लगको सेक्युरिटीको चिन्ता पनि लिनु पर्दैन । गुगलको सर्भरमा होस्ट हुने भएकाले आफ्नो एकाउन्ट सुरक्षित राखेमात्र तपाईं सुरक्षित रहनुहुन्छ ।

ब्लगमा केही मात्रामा पाठक आउन थालेपछि, गुगल एडसेन्स प्रयोग गरी त्यसै ब्लगदेखि धेरैथोरै आम्दानी पनि गर्न सकिन्छ ।

सुन्दा अचम्म लाग्नसक्छ, ब्लगलाई नै आफ्नो आम्दानीको मुख्य स्रोत बनाएर घरखर्चदेखि लिएर सवारीसाधनसम्म किन्न भ्याएका थुप्रै उदहारण इन्टरनेटमा भेटिन्छन् । भारतीय ब्लगर अमित अग्रवाल ब्लगिङ संसारमा चर्चित नाम हो । अमितले आकर्षक कम्पनीको जागिर त्यागेर ब्लग चलाएरै उदाहरणीय दैनिकी चलाएका छन् । उनको ब्लग ल्याबनोल डट ओआरजी हो ।

ट्वीटर- RlamsalNP


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.