गोदरेजको इन्सटेन्ट क्यास ब्याक अफर
काठमाडौः गोदरेजले दसैं तिहारलाई लक्षित गरेर इन्सटेन्ट क्यास ब्याक योजना ल्याएको छ । आफ्ना सम्पूर्ण घरायसी सामग्रीमा यो योजना लागू हुने कम्पनीले जनाएको छ ।
विश्वस्तरीय डिजाइन र सुविधासम्पन्न उत्पादनका लागि प्रख्यात कम्पनीले लामो समयदेखि नेपाली ग्राहकको आवश्यकताअनुसारका सामान ल्याइरहेको छ । कम्पनीका सेल्स म्यानेजर शैलेन्द झाले असल र सकारात्मका तरिकाले उपभोक्तासँग सम्बन्ध बढाउने सोचले अगाडि बढिरहेको बताए ।