कलाकारको कफी क्याफे

कलाकारको कफी क्याफे

जुनसुकै पेसामा सामान्य अवस्थाले कहीँ पुगिँदैन भन्ने लाग्यो कृति भट्टराईलाई । पेसाले कलाकार र सञ्चारकर्मी भए पनि उनलाई सामान्य अवस्थामा रहिरहन मन लागेन । 'कि त उत्तम हुनुपर्छ, कि खत्तम', कृतिले भनिन्, 'मध्यम खालको अवस्थाले केही हुँदैन ।' उनको यही सोचले कफीपारखीलाई थप अवसर जुटाइदिएको छ । शान्त वातावरणमा नयाँ स्वाद थपेकी छन् कृतिले ।

नयाँ बानेश्वरदेखि अनामनगर जाँदै गर्दा दुई सय मिटर अगाडि देब्रे किनारमा एस्प्रेसो अर्गानिक क्याफे स्थापित छ । कलाकारिता र सञ्चारजगत्मा दशक बिताएकी कृतिले आर्थिक रूपमा सबल नभएसम्म थप प्रगतिहरू टाढा देखेपछि कफी क्याफे सञ्चालनमा ल्याएकी हुन् । व्यस्त बजारको किनारमा पनि शान्त, सफा, अर्ग्यानिक र असली स्वादको तातो, चिसो कफी पस्कने योजनासहित उनले एस्प्रेसो अर्गानिक कफी क्याफे सञ्चालन गरेको बताइन् ।

कलाकारितामा दिनरात आफ्ना सुख, दुःख नभनी लाग्नेहरूका लागि एक दिन सफलता पर्खिएको भए पनि त्यो धैर्य नभए यो क्षत्र नफाप्ने उनले बुझेकी छन् । १७ वर्षअघि बुवा सुरेन्द्रज्योति भट्टराई र तीन वर्षअघि आमा जया भट्टराईले छोडेर गए पनि उहाँहरूले दिएको हिम्मत, साहस र स्वाभिमानको यात्रालाई आफूले पछ्याएको उनले बताइन् ।

उनले कफी क्षेत्रमा २० वर्ष अनुभव बटुलेका मानबहादुर श्रेष्ठको सहकार्यमा क्याफे स्थापना गरेकी हुन् । समुद्री सतहदेखि आठ सय मिटरदेखि १२ मिटर उचाइमा फल्ने कफीको अग्र्यानिक स्वाद पस्कनु उनको विशेषता हो ।

क्याफेमा रहँदा उनी कुनै कलाकार वा एंकरजस्तो लाग्दिनन् । मन्द मुस्कानले अतिथि सत्कार र स्वादिलो कफी पस्कँदा उनी व्यावसायिक देखिन्छिन् । इमेज ग्रुप अफ कम्पनीमा लामो समय प्रस्तोता, समाचारवाचिका र अन्तर्वार्ताकारको भूमिकामा रहेकी कृति यति बेला क्याफेमा अमेरिकानो, क्यापाचिनो, ब्लान्डेड मोक्कालगायतका चिसो, तातो कफी 'सर्भ' गरिरहेकी हुन्छिन् ।

आरआर क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर गरेकी उनी भन्छिन्, 'आज हरेक घरको एक सदस्य विदेशमा छ, म राजधानीकी रैथाने भए पनि आज गाउँ युवाविहीन भएका छन्, विदेशमा हामी टेबल पुछ्न मञ्जुर हुन्छौं भने आफ्नै देशमा गरिखान किन गाह्रो मान्ने ? '

उनले क्याफेमा आउने पाहुनाका लागि हल्का खाजाका लागि स्यान्डबिच, बर्गर र बेकरीका परिकार पनि पस्कने गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.