नेपालमा रोयल इन्फिल्ड लोकप्रिय

नेपालमा रोयल इन्फिल्ड लोकप्रिय

रोयल इन्फिल्डका लागि नेपाल कस्तो बजार हो ?

नेपाल रोयल इन्फिल्डका लागि राम्रो बजार हो । नेपाली युवाले यो बाइक रुचाएका छन् । हामीले अहिलेसम्म दुईवटा सोरुम खोलिसक्यौं । आगामी मार्चसम्म आठवटा सोरुम पुर्‍याउने लक्ष्य छ । काठमाडौंबाहिर पनि रोयल इन्फिल्डका सोरुम हुनेछन् । सोरुम विस्तारसँगै बाइकको बिक्री अझ बढ्ने हाम्रो विश्वास छ ।

नेपालमा तपाईंहरूको लक्षित वर्ग कुन हो ?

हाम्रो लक्षित वर्ग बाइकका पारखी युवा हुन् । खासगरी १८ देखि ४० वर्षसम्मका युवालाई टार्गेटमा राखेका छौं । एडभेन्चर्स टुर गर्न रुचाउनेहरू हाम्रा बढी ग्राहक हुने गरेका छन् । नेपालमा पनि एडभेन्चर्स टुर गर्ने युवा बढिरहेका छन् ।

नेपालमा रोयल इन्फिल्ड कति बिक्री भयो ?

अहिलेसम्म नेपालमा सात हजार रोयल इन्फिल्ड बाइक बिक्री भइसकेको छ । नेपालमा हरेक महिना बाइकको बिक्री बढिरहेको छ । अझ हामी सोरुम थपेर नेटवर्क विस्तार गर्दैछौं । यसले बाइक बिक्री झनै बढाउनेछ ।

कम्पनीले नेपाललाई कसरी हेरिरहेको छ ?

नेपाल रोयल इन्फिल्डको महत्वपूर्ण मार्केट हो । त्यही भएर हामीले नेटवर्क विस्तारमा जोड दिएका हौं । भारतपछि सबैभन्दा पहिला बाइक नेपालमा सार्वजनिक गर्छौं । नेपालमा बाइक टुरमा जानेहरू बढेका छन् । भारतबाट समेत नेपालमा बाइक टुरमा आउने गर्छन् । यो पनि टुर बाइक हो । साहसिक टुरका लागि नेपाल सबैभन्दा उत्तम मुलुक हो । त्यही भएर हामीले नेपाललाई प्राथमिक बजारका रूपमा लिइरहेका छौं ।

रोयल इन्फिल्ड कस्तो बाइक हो ?

रोयल इन्फिल्ड एडभेन्चर्स राइडिङ बाइक बाइक हो । अफरोडमा कुदाउन उक्तम छ । शक्तिशाली इन्जिन र मेटल बडी भएकाले नेपाली सडक सुहाउँदो छ । यसले साहसिक पर्यटन प्रवद्र्धनमा समेत सघाउँछ । नेपालमा रोयल इन्फिल्ड क्लबले विभिन्न ठाउँमा साहसिक टुर गराउँदै आएको छ ।

ग्राहक कत्तिको सन्तुष्ट छन् ?

ग्राहक सन्तुष्ट छन् । त्यही भएर यो बाइकको माग पनि बढिरहेको छ । भारतबाट ५० मुलुकमा रोयल इन्फिल्ड पुग्छ । हामीले महिनामा ५५ हजार बाइक बिक्री गर्छौं । माग बढेपछि भारतमा हामी तेस्रो प्लान्ट खोल्दैछौं । नेपालमा ६ वटा सोरुम विस्तार गर्दैछौं । यसको माग बढेकै कारण लगानी बढाउन लागेका हौं ।

नेपामला कति मोडल उपलब्ध छन् ?

भारतीय बजारमा रहेका सबै मोडल नेपालमा उपलब्ध छन् । रोयल इन्फिल्ड आठ मोडलमा उपलब्ध छ । सबै मोडल नेपालमा उपलब्ध छन् । हिमालयन मोडल पनि भारतपछि नेपालमा सार्वजनिक गरेका हौं । त्यसपछि बिस्तारै अन्य मुलुकमा पठाउने हाम्रो योजना छ ।

हिमालय सबैभन्दा पहिला नेपाल भित्र्याउनुको कारण के हो ?

नेपालमा भारतसँग नजिकै रहेको मुलुक हो । यहाँ रोयल इन्फिल्डका ग्राहक ब्ढिरहेका छन् । रोयल इन्फिल्ड चलाउन नेपाल सबैभन्दा उत्तम मुलुक हो । हामीले सबैभन्दा पहिला नेपालमा बाइक भित्र्याउँछौं । यो बाइक हिमालयमा कुदाउन बनाएको हो । हिमालयको मुलुक नेपालमा पहिला नभिœयाएर कहाँ भिœयाउनु र ? हामीले यसअघिका मोडल पनि पहिला नेपालमै भित्र्याएका थियौं ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.