ऊजस्तो हुन सकिनँ

ऊजस्तो हुन सकिनँ

अमृत गुरुङ समग्र नेपाली संगीतिक क्षेत्रका फरक प्रतिभा हुन् । सरदर नेपालीको उचाइ भन्दा अग्ला गुरुङको संगीत यात्राको उचाई चुम्दैछ । वरिष्ठ पत्रकार नारायण वाग्लेसँग अन्नपूर्ण फुर्सदका लागि लक्ष्मण श्रेष्ठले गरेको कुराकानीः

-को हुन् अमृत गुरुङ ?

ऊ मजस्तै छ । यायावर हो । स्वच्छन्द छ उसको जीवनशैली । एकसुरको छ । केही प्राप्तिकै लागि हिंड्छ । काठमाडौंमा पनि पैदलै हिंडिरहेको हुन्छ । सार्वजनिक बस चढ्छ । धेरै हदसम्म अमृत गुरुङ मलाई आफ्नै स्वरुपजस्तो, आफै जस्तो र आफू हुन नसकेको ऊ भइदिएको जस्तो लाग्छ । म जे हुन खोज्थें त्यो चाहिं म हुन नसकेर ऊ भइदिएजस्तो लाग्छ । त्यसैले उसलाई हेरेर तृप्तिको अनुभूती हुन्छ मलाई । ऊ बच्चाजस्तै छ ।

घुम्दाखेरी निश्चलतापूर्वक घुमिरहेको हुन्छ । त्यसैले गर्दा कहिलेकाहीं उसको प्रतिक्रिया केटाकेटीको जस्तो पनि हुन्छ । तर त्यो स्वाभाविक छ । ऊ गायक, कलाकार हो । गायक, कलाकार जति निश्चल हुनसक्यो, केटाकेटीमय हुनसक्यो त्यति उसको अपिल ज्यादा हुन्छ । भित्रैदेखी पोखिन पाउँछ नी त । उसमा आफ्नो अंश धेरै पाउँदा र आफूले गर्न नसकेको उसले गरेको देख्दा ईश्र्या पनि हुन्छ ।

अमृतको गायकी विशेषता के हो भने, गीत चाहिं नेपाली नै हुनुपर्छ भन्ने उसको हठ छ । उसको विशेषता हो यो हठ । नेपाली आधुनिक संगीतमा यस्तो हठ लिएर हिंड्ने कलाकार कतिजना छ त्यो त थाहा भएन । तर, नेपाली गीत नै गाउनुपर्छ भन्ने हठले नै उसको अहिलेसम्मको परिचय, व्यक्तित्व, जीवनशैली बनाएको छ ।

- त्यो नेपालीपनको आयाम के हो ?

नेपाली के हो के होइन, यो एउटा विषय हो । तर नेपाली जाति भित्रको अमृतले आफूले भ्याएसम्मको बुझाईको नेपालभित्रका सबै जाति, क्षेत्र, भाषाभाषी, समुदाय हो । उनी देश पुरै बुझ्नुपर्छ भनेर घुम्ने मान्छे हुन् । गीतमा नेपालीपन ल्याउनुपर्छ भन्नेमा जोड दिन्छन् । फेरी नेपाली गीतमा आधुनिकता अर्को चुनौती हो । मादल, बाँसुरीले मात्र त धान्दैन ।

बाद्ययन्त्रमा सम्पूर्ण आधुनिकताको टेको लिएको नेपाली गीत, यो मिश्रण अमृत गुरुङ र नेपथ्यको विशेषता हो । व्यक्तिगत रुपमा अमृत गुरुङ यायावरी, कल्पनाशील, सधैं हतारमा हुने मान्छे । गायकीको रुपमा नेपाली गीत नै मैले गाउने हो भनेर हिंडिरहेको गायक हो । त्यो नै अमृत गुरुङको शक्ति हो । त्यसले नै आम दर्शक, श्रोतामा अमृत गुरुङलाई उभ्याएको छ । संसारको जुनसुकै कुनामा पनि चाहे त्यो न्यूयोर्कको मेडिसन स्क्यावयरमा होस् वा दोहाको नेपाली कामदारहरुको बीचमा, उसको अपिल उस्तै हुन्छ ।

-अमृत गुरुङ र नेपथ्यको सीमा के हो ?

अमृत आफै सीमा हो । नेपथ्यको विशेषता पनि अमृत हो, सीमा पनि अमृत नै हो । अमृतको विशिष्ट पहिचान उनको प्रतिबद्धता हो । ज्यादै प्रतिबद्धता भएको भएर उनले जीवनशैली पनि त्यहीं अनुसार ढाले । आम नेपाली गायकको भन्दा उनको जीवनशैली फरक छ । असाध्यै अनुशासित जीवनशैली छ उनको । त्यति ठूलो अनुशासन र समर्पण नभइकन त कुनै पनि प्रतिबद्धता पुरा हुनसक्दैन । धेरै कलाकारले लत्तो छोडेको हामीले देखेका छौं । उसले हरेक गीतका लागि अनुसन्धान गर्छ । मान्छेहरुसँग भेटेरै कुरा गर्छ । स्पटमै जान्छ ।

- तपाईंहरुबीच कत्तिको ठाकठुक हुन्छ ?

किन नहुनु हुन्छ नी । अमृतसँग यात्रामा जाँदा हुन्छ किनभने हामी विभिन्न विषयमा छलफल गर्छौं, बहस गर्छौं, विवाद गर्छौं । त्यसकारण हामी साथी हौं नी त । अनुयायी भन्दा पनि साथीको कदर अर्को हुन्छ । न म अमृतको अनुयायी हो, न अमृत मेरो । हामी त साथी हौं । त्यसैले वादविवाद त हुन्छ ।

- अमृतले यस्तो नगरिदिए हुन्थ्यो भन्ने केही होला नी ?

अलि गाह्रो छ यस्तो भन्न । अमृत जस्तो छ, त्यस्तै लिएको भएर पनि होला । कहिलेकाहीं 'यसो गर्नुस है' भनेर आह्वान गर्छ, त्यसो नगरिदिए राम्रो हुन्थ्यो भन्ने लाग्छ । त्यो सन्देश त राम्रै हुन्छ तर कला र संदेश समावेश नगरिदिए हुन्थ्यो जस्तो लाग्छ । कार्यक्रमहरुमा जाँदा उसले भन्छ, 'यसो गर्न हुन्न है ?', 'मिलेर बस्नुपर्छ है' । गीतको बिचमा कमर्सियल ब्रेक जस्तै जनचेतनाको ब्रेक दिन्छ । उसको भावना त राम्रै छ तर त्यस्तो नगरेपनि हुन्छ जस्तो लाग्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.