एनआईसी एसियाको डबल डिपोजिट योजना

एनआईसी एसियाको डबल डिपोजिट योजना

काठमाडौं: एनआईसी एसिया बैंकले 'डबल डिपोजिट' योजना सार्वजनिक गरेको छ । यस योजनाको लक्ष्य एनआईसी एसिया बैंकका व्यक्तिगत ग्राहकले १२ वर्ष अवधिका लागि न्यूनतम एक लाखदेखि निक्षेप जम्मा गर्न सक्नेछन् । यसरी जम्मा भएको निक्षेपको ब्याज आम्दानीले जम्मा भएको रकम सो अवधिमा दोब्बर हुने बैंकले जनाएको छ ।

ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने ब्याज दर तथा ब्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्ने बैंकले जनाएको छ । बचत खाता सुविधासहितको यो योजनाले तुरुन्तै बिनाझन्झट आवश्यकताअनुसार ओभरड्राफ्ट उपभोग गर्ने सुविधा प्रदान गर्छ ।

यस निक्षेप योजनामा शून्य मौज्दात, क्रेडिट कार्ड सुविधा, दुर्घटना मृत्यु बिमा, निःशुल्क डेबिट कार्ड, इन्टरनेट र एसएमएस बैंकिङ सुविधासमेत रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.