बहिनीको पार्टनर बन्दा

बहिनीको पार्टनर बन्दा

योङस्टार डान्स प्रतियोगिता सिजन पाँचमा पहिलो पटक भाग लिँदा धेरै डर लागेको थियो । नेपालका विभिन्न विद्यालयहरूबाट धेरैजनाको सहभागितामा भएको यो कार्यक्रममा हाम्रो विद्यालय गोल्डेनपिक हाइस्कुलबाट पनि करिब २५ जना सहभागी भएका थियौं । पहिलो राउन्डमा हामीले एकल नृत्य गरेका थियौं । जसमा हाम्रो विद्यालयबाट ११ जना छनोट भयौं ।

धेरै विद्यालय र डान्स सेन्टरबाट भाग लिन आएकामध्ये करिब दुई सय जनामात्र छनोट गरिएको जानकारी हामीले पाएका थियौं । मलाई सुरुमा नृत्य गर्दा एकदम डर लागेको थियो किनकि कोही आँसु झार्दै त कोही हाँस्दै कोठाबाट बाहिरिँदै थिए । मेरो पालो आएपछि म आँसु झार्दै निस्किन्छु कि हाँस्दै भन्ने मलाई थाहा थिएन । जब म नाच्दै थिएँ, नाच्दानाच्दै गीत रोकिदिनुभयो ।

निर्णायकले के भन्नुहुन्छ भनेर म डरले काँपे । तर उहाँहरूले तिमी छानियौं भन्दा म खुसीले उफ्रिएको थिएँ । हाम्रो विद्यालयको समूहमा मेरी बहिनी इमोनिका राईले पनि भाग लिएकी थिइन् । उनी पनि छनोट भइन् । सेकेन्ड राउन्ड अडिसनको लागि समूहगत भाग लिनुपर्ने नियम थियो । हाम्रो डान्स गुरु राज श्रेष्ठले म र मेरी बहिनीलाई एउटा समूह बनाइदिनुभयो । अन्य दिदी र दाइलाई अरू दुई समूहमा विभाजन गरिदिनु भयो ।

हामीले धेरै दिन मेहनत गर्‌यौं । हाम्रो गीतको बोल थियो 'बारुली कम्मर लचक्कै'। हामी ११ जना दोस्रो राउन्ड अडिसनमा प्रस्तुत भयौं । जसमा एकजना दिदीबाहेक हामी सबै छानियौं । तेस्रो राउन्ड अडिसनको लागि तयारी सुरु भयो । तर अन्य दिदी दाइहरूले भाग नलिने निर्णय गर्नुभयो । म र मेरी बहिनीमात्र हाम्रो विद्यालयबाट सहभागिता जनाउने निर्णय भयो । हामीले 'झुम्का गिर्‌यो रे...' भन्ने बोलको गीतमा नृत्य गर्‌यौं । अभ्यास गर्न खासै धेरै दिन बाँकी थिएन ।

 

तर निर्णायक नारायण सरले कस्तो पावरबाला डान्स भनेर खुब प्रशंसा गर्नुभयो । हाम्रो डान्स गुरुले पनि खुब तारिफ गर्नुभयो । चौथो राउन्ड अडिसनको लागि हामीसँग समय थिएन । किनभने विद्यालयको युनिट टेस्ट भएकै हप्ता अर्को अडिसन हुन गइरहेको थियो । राज सरका अनुसार म केटा र बहिनी केटी भएर नाच्नुपर्ने थियो । म जीवनमा पहिलो पटक केटाको रोल गर्दै थिए । धेरै अप्ठ्यारो लागिरहेको थियो । अभ्यास गर्दागर्दै मलाई सहज लाग्न थाल्यो ।

गोठाटारमा रहेको सनसाइन प्रोडक्सन हाउसको हलमा 'नीर जहिले रिसाउने..' बोलको गीतमा अलिअलि नाटक मिसिएको डान्स देखाउँदा निर्णायकहरू धेरै खुसी हुनुभयो । केपी सरले त म केटा हो कि केटी हो चिन्नु नै भएनछ । पछि म केटी भएको थाहा पाए पछि उहाँलाई १५ वर्षअघि आफू केटी भएर नाचेको याद आयो भन्दै प्रशंसा गर्नुभयो । आयोजक प्रमिला तामाङ म्याडमको आँखाबाट त आँसु नै आएको थियो ।

उहाँले बहुत राम्रो कला र नाच भन्दै प्रशंसा गर्नुहुँदा मलाई धेरै खुसी लागेको थियो । उहाँका अनुसार यो योङस्टार डान्स प्रतियोगिता पाँचौं सिजन हो रे । वर्षमा कहिले दुईवटा त कहिले एकवटा कार्यक्रम आयोजना गर्नुहुँदो रहेछ । म जस्तै ७ वर्षदेखि २० वर्ष सम्मकाले भाग लिन पाइने यस प्रतियोगिता दुई भागमा विभाजित रहेछ । ७ वर्षदेखि १३ वर्ष र १३ वर्षदेखि २० वर्ष गरी तीनतीनजना विजेता हुने रहेछन् ।

हाम्रो डान्स टेलिभिजनबाट पनि प्रसारण हुन्छ रे । हामी दिदीबहिनी घरमा पनि सँगै अभ्यास गर्छौं । एकजना बिरामी हुँदा राज सरले एकजनालाई मात्र सिकाए पुग्छ । आफैं गुरु बन्छौं । सबैले दिदीबहिनीको जोडी खुब राम्रो र मिलेको छ भन्नुहुन्छ । ममीबाबा र विद्यालयका शिक्षकशिक्षिका पनि हाम्रो उपलब्धि देखेर खुसी हुनुहुन्छ ।

सर्वज्ञा राई कक्षाः ७ गोल्डेनपिक हाइस्कुल, सरस्वतीनगर, काठमाडौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.