चोकोफनको नयाँ अभियानः हुर्किदैछ नेपाल चोकोफनमा रमाउँदै

 चोकोफनको नयाँ अभियानः हुर्किदैछ नेपाल चोकोफनमा रमाउँदै

काठमाडौँ: नेपालमा सर्वाधिक रुचाइएको चकलेट ब्रान्ड चोकोफनले नयाँ अभियान ल्याएको छ । नेपालको सबैभन्दा ठूलो कन्फेक्स्नरी उत्पादन कम्पनी सुजल फुड्स प्रालिले चेकोफन नयाँ अकार र प्याकिङमा ल्याएको छ ।

विगत १७ वर्षदेखि चोकोफन बालबालिकाले रुचाएको चकलेट हो । यसमा भएको मीठो स्वाद र क्रिस्पी वेफरसँग बालबालिका खुब रमाएने गरेका छन् । यही अवस्थालाई ध्यानमा राखेर कम्पनीले ‘हुर्किदैछ नेपाल चोकोफनमा रमाउँदै’ भन्ने सन्देशकासाथ नयाँ आकार र प्याकिङमा चकलेट ल्याएको हो ।

नयाँ प्याकेजिङ्गको सन्दर्भमा, चोकोफनले आफ्नो नयाँ मिठासलाई नयाँ ग्लिटरी डिजाइन तथा अत्याधुनिक टेक्नोलोजीको मेटालिक र होलोग्राम र्‍यापरका साथ बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

चोकोफनले विज्ञानमा बालबालिकालाई देखाउदै उनीहरुको सम्बन्ध चोकोफनसँग भएको सन्देश दिन खोजेको छ । चोकोफनका नयाँ सन्देशमा सुमधुर संगीतका साथ बालबालिका खेल्दै, हाँस्दै र चोकोफनको स्वादमा रमाउदै गरेको देख्न सकिन्छ ।


लक्ष्मी ग्रुपको भातृ संस्था, आइएसओ २२०००ः२००५ अन्गत् अन्र्तराष्ट्रिय मापदण्ड प्राप्त सुजल फुड्स प्रालिले विगत चार दशकदेखि उत्कृष्ट गुणस्तरका कन्फेक्सनरी उत्पादन गर्दै नेपालकै अग्रणी कम्पनी बन्न सफल भएको छ ।

सुजल फुड्सले अन्तर्राष्ट्रिय स्तरको वेफर, क्याण्डी, बबलगम, स्टिक गमबनाउँदै आएको छ । जस मध्येका उत्कृष्ट  उत्पादन चोकोफन, सुजलगम, सुजल इक्लेयर्स, क्याण्डीम्यान, फ्रेसो र लभबर्ड्स वर्षौ देखि उपभोक्ताहरुले मन पराउँदै आएका छन् ।

सबै उपभोक्ताले कम्पनीको नयाँ बजार प्रवद्र्धन अभियान तथा नयाँ प्याकेजिङ्गलाई विगतमा जस्तै मन पराउने विश्वास कम्पनीले लिएको बताएको छ।

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.