एक खुट्टाले साइकल चलाएर सिटी टुर

एक खुट्टाले साइकल चलाएर सिटी टुर

पोखरा: कैलाली लम्कीचुवाका ३७ वर्षीय यमलाल रसाइली र अमेरिकाका ६७ वर्षीय फ्रेयन्क कोन्लीले पोखरामा शनिबार भएको टुर दि पोखरा साइकल र्‍यालीमा एउटै खुट्टाले साइकल कुदाए ।

साइकल सिटी पोखराको आयोजनामा भएको र्‍यालीमा चार वर्षको उमेरमा खुट्टा भाँचिएर उपचार नपाएर एक खुट्टा गुमाएका रसाइली र २१ वर्षअघि सडक दुर्घटनामा खुट्टा गुमाएका फ्रेयन्क एउटै खुट्टाले साइकल चलाएर र्‍यालीमा सहभागी भएका हुन् । १९ वर्षको उमेरदेखि साइकल चलाउँदै आएका रसाइलीले एउटै खुट्टाले साइकलको प्याडल ठेलेर ३७ जिल्लाको यात्रा गरेका नेपाली युवा हुन् । साइकल सिटी पोखराको निमन्त्रणमा सहभागी हुन आएका उनी अपांगता भए पनि सबलांगजत्तिकै सक्षम भएको सन्देश दिन साइकलमै देश दौडाहामा निस्केका हुन् ।

बसमा यात्रा गर्दा बसवालाले गरेको दुव्र्यवहारको कारण साइकल सिकेका रसाइलीले आत्मबल उच्च राख्न सके सबलांगले जस्तै दैनिकी चलाउन सकिने बताए । अपांगता भएकालाई हिम्मत नहारी आफ्नै खुट्टाले केही गर्नुपर्छ भन्ने सन्देश दिन साइकलबाटै देश घुम्ने यात्रामा लागेको उनले सुनाए । नेपाल अपांग चेतना समाज कैलालीका कोषाध्यक्ष रसाइलीले गाउँमै सिलाइ पसल चलाएका छन् ।

२०५९ सालमा साइकल यात्रा थालेका रसाइली पश्चिम कञ्चनपुरदेखि पूर्वी काँकडभिट्टासम्म पुगेका छन् । विभिन्न पहाडी जिल्ला हुँदै राजधानी, गोरखा, पोखरा, बेनी पुगेका रसाइलीले २०५९ सालमै साइकलबाटै ३३ जिल्ला भ्रमण गरे । अहिलेसम्म ३७ जिल्ला घुमिसकेको उनले सुनाए । उनको भावी योजना साइक्लिङ च्याम्पियनसिपमा भाग लिने छ । त्यसका लागि पारा ओलम्पिकमा जाने तयारी रहेको उनले बताए । एउटा खुट्टा नभएको एक नेपालीले पारा ओलम्पिक जित्यो भनेर यो देशको नाम राख्न चाहन्छु,’ उनले सुनाए ।

अमेरिकाका कोन्ली पोखरामा दोस्रोपटक साइकल र्‍यालीमा सहभागी भएका हुन् । सुन्दर सहरमा साइकल र्‍यालीमा सहभागी जनाउन पाउँदा निकै खुसी लागेको उनले सुनाए । सन् २०१२ मा पोखरादेखि दमौलीसम्म एक खुट्टाले साइकल यात्रा गरेका उनी शनिबार दोस्रोपटक साइकल र्‍यालीमा सहभागी भएका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.