नयाँ नोट साट्न सुरु

नयाँ नोट साट्न सुरु

काठमाडौं: नेपाल राष्ट्र बैंकले दसैंका लागि आइतबारदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउन सुरु गरेको छ । सर्वसाधारणलाई दसैंमा सहज तरिकाले नयाँ नोट साट्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस पटक बेलैमा नोट उपलब्ध गराउन थालेको हो ।

राष्ट्र बैंकले दिएको जानकारीअनुसार बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट सर्वसाधारणलाई उपलब्ध गराउनेछन् । राष्ट्र बैंकले भने सर्वसाधारणका लागि असोज १६ गतेदेखि मात्र नयाँ नोट साट्नेछ । थापाथलीस्थित कार्यालय र क्षेत्रीय कार्यालयमार्फत नयाँ नोट उपलब्ध गराइने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले पाँचदेखि एक सय रुपैयाँसम्मका नोट दुई/दुई बिटाका दरले उपलब्ध गराउनेछ ।

वित्तीय संस्थालाई आइतबारदेखि आउँदो १४ गतेसम्म नयाँ नोट साट्ने प्रबन्ध मिलाईएको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए । उनका अनुसार यो वर्ष नयाँ नोट पर्याप्त मात्रामा बजारमा जाने भएकाले अभाव हुने छैन । एक जनाले ३७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछ ।

गतवर्ष एक जनालाई २२ हजार रुपैयाँ सटही सुविधा दिइएको थियो । दसैंको समयमा सहरदेखि गाउँसम्म नयाँ नोट प्रयोग गर्ने चलन छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थामा नयाँ नोट लिनेको भीड नै लाग्ने गरेको छ । नोट सटही व्यवस्था प्रभावकारी नहुँदा विगतमा सर्वसाधारलाई नयाँ नोट लिन सास्ती हुने गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.