चोकोफन नयाँ आकारमा
काठमाडौँ: सुजल फुड्स प्रालिले आफ्नो उत्पादन चोकोफनलाई नयाँ आकार र प्याकिङमा बजारमा ल्याएको छ । चोकोफन १७ वर्षदेखि बालबालिकाले रुचाएको चकलेट हो । यसमा भएको मीठो स्वाद र क्रिस्पी वेफरसँग बालबालिका रमाउने गरेको कम्पनीले जनाएको छ ।
यसैलाई ध्यानमा राखेर कम्पनीले 'हुर्किंदैछ नेपाल चोकोफनमा रमाउँदै' भन्ने सन्देशका साथ नयाँ आकार र प्याकिङमा चकलेट ल्याएको हो । चोकोफनले आफ्नो नयाँ मिठासलाई नयाँ ग्लिटरी डिजाइन तथा अत्याधुनिक टेक्नोलोजीको मेटालिक र होलोग्राम र्यापरका साथ बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
सुजल फुड्सले अन्तर्राष्ट्रिय स्तरको वेफर, क्यान्डी, बबलगम, स्टिक गम बनाउँदै आएको छ ।