क्यास्परस्की एन्टीभाइरसको २०१७ संस्करण
काठमाडौः क्यास्परस्की एन्टीभाइरसको २०१७ को नयाँ नेपाली बजारमा सार्वजानिक भएको छ । कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता सागर टेक्नो लिंकले सोमबार पत्रकार सम्मेलन गरी रसियन कम्पनी क्यास्परस्की ल्याबसँग सहकार्य गरेर नेपाली बजारमा ल्याएको जनाएको छ ।
सार्वजनिक गरिएको नयाँ संस्करण २०१७ एन्टीभाइरसले प्रयोगकर्ताको डिभाइसमा भएको सफ्टवेयर अपडेट र सफ्टवेयर क्लिनरमा भएको जोखिमपूर्ण सुरक्षा खतरालाई ‘प्याच' गरेर जोखिममुक्त बनाउनुका साथै अन्य थुप्रै सुविधा थप गरिएको म्यानेजिङ डिरेक्टर वासुदेव लाखेले जानकारी दिएका छन् ।
उनका अनुसार ६० प्रतिशतभन्दा बढी प्रयोगकर्ता माझ लोकप्रिय रहेको यो क्यास्परस्की व्यक्तिगत तथा पारिवारिक डिजिटल सम्पत्तिको संरक्षणका लागि कम्प्युटर, ल्यापटपका साथै म्याकबुक कम्प्युटर एन्ड्रोइड स्मार्टफोन एवं आईफोन र आईप्याडमा पनि प्रयोग हुने क्यास्परस्की एन्टी भारइरसको तीनवटा संस्करण क्यास्परस्की एन्टीभाइरस २०१७, क्यास्परस्की इन्टरनेट सेक्युरिटी र क्यास्परस्की टोटल सेक्युरिटी २०१७ नेपाली आएका छन् । यस्तै इन्टरनेट र टोट सेक्युरिटीका प्रडक्टमा ५० प्रतिशत छुट दिइएको छ ।
यसैगरी एकै पटकमा धेरै संख्यामा एन्टीभाइरस स्कुल, कलेज, सरकारी कार्यालय, कर्पोरेट हाउस, मेडियारपत्रकार, एनजीओ कार्यालयका लागि छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । क्यास्परस्कीको विश्वभरि करिब दुई लाख ७० हजार कर्पोरेट क्लाइन्ट र चार चार विलियन प्रयोगकर्ता रहेको जनाइएको छ ।
यस्तै ४० बढी आईटी विज्ञता हासिल गरेका टप सेक्युरिटी कम्पनीले नजिकबाट क्यास्परस्कीलाई साथ दिएको लाखेले दाबी गरे । यस्तै दुई सय बढी देशको क्यास्परस्कीको अफिसियर अफिस र ३७ बढी देशमा प्रतिनिधि अफिस छन् ।
बजारमा आएका क्यास्परस्कीका तीनवटै प्याकेजका एन्टीभाइरस बेलियो डटकम, ईसेवा डटकम डटएनपी, मुन्चा डटकम, सस्तो डिल डटकम, केमु डटकम डटएनपीलगायतका अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।