माइक्रोम्याक्सका नयाँ स्मार्टफोन
काठमाडौः माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यू ४६२ बजारमा ल्याएको छ । भारतीय ब्रान्ड माइक्रोम्याक्सले स्टेट अफ दी आर्ट र बजेट अनुकूल फोन निमार्ण गर्दै आएको छ ।
कम्पनीले बजारमा ल्याएको नयाँ स्मार्टफोनमा विशेष किसिमको प्रासेसर छ । १.० जीएचजेड क्वाड कोर प्रोसेसर रहेको फोनमा १६ जीबी रोम छ । यसमा ५.० एचडी डिस्प्ले छ । फोनमा शक्तिशाली दुईहजार एमएएचको ब्याट्री छ ।
यसमा आठ मेगा पिक्सल मुख्य क्यामरा र ८ मेगा पिक्सेलको सेल्फी क्यामरा छ । फानेमा दुई जीवी र्याम र १६ जीबी रोम छ । यसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिने कम्पनीले जनाएको छ । थ्री जी र फोरजी दुवै सपोर्ट गर्ने यो फोनको बजार मूल्य १२ हजार एक सय रहेको कम्पनीले जनाएको छ ।