सनराइज बैंक लिमिटेडको नवौं वार्षिकोत्सव
काठमाडौः सनराइज बैंक लिमिटेडको नवौं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठनमा एक कार्य आयोजना गरिएको छ ।
बैंकले त्यहाँ रहेका एक सय ४० जना बालबालिकालाई न्यानो लत्ता कपडाका साथै खाद्य सामग्री वितरण गरेको छ ।
उक्त सामग्री बैंकका अध्यक्ष मोतीलाल दुगड, सञ्चालक बच्छराज तातेड, सञ्चालक ज्योतिकुमार बेगानी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एवं कर्मचारीले वितरण गरे ।