ताम्राकार कमप्लेक्सले ल्यायो उपहारै उपहार योजना

ताम्राकार कमप्लेक्सले ल्यायो उपहारै उपहार योजना

काठमाडौः मोबाइल बजारका लागि नेपालकै पुरानो कमप्लेक्सले दसैंतिहारका अवसरमा ग्राहकका लागि उपहारै उपहारको योजना सार्वजनिक गरेको छ । कम्प्लेक्सले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी ‘यो दसैंतिहार, ताम्राकार उपहारै उपहार' योजना सार्वजानिक गरेको हो ।

ग्राहक कम्प्लेक्सको जुनसुकै पसलमा मोबाइल खरिद गरी यो योजनामा सहभागी हुन पाउनेछन् । उक्त योजनाअनुसार ग्राहकले हरेक मोबाइलको खरिदमा पाँच प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्ने आयोजकले जनाएको छ ।

साथै लक्कि ड्रमार्फत दैनिक एकजनाले सामसुङ एलईडी टीभीका साथै तीनजनालाई दसैं हजारभन्दा माथिको स्मार्टफोन प्रदान गरिनेछ र चने १० जनालाई दैनिक पावर बैंक प्रदान गरिने आयोजकले जनाएको छ । साथै बम्पर उपहारमा ग्राहकले बजाजको २०० सीसीको एनएस मोटर साइकलकल प्राप्त गर्ने मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले जनाएका छन् ।

उनका अनुसार ताम्राकार कप्लेक्स मोबाइलका लागि एउटा उतकृष्ट ब्रान्ड नै भइसकेको बताए । ४६ भन्दा बढी पसल रहेको कम्प्लेक्समा नेपालमा भित्रिएका सम्पूर्ण मोबाइल ब्रान्डका सोरुम छन् । कम्प्लेक्समा मोबाइलका साथै बिक्रीपछिको सेवा, गुणस्तरीय पाटपूर्जा तथा एसेसरिज पनि उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.