निम्बस र चाइनिज कम्पनीबीच सम्झाैता
काठमाडौः कृषि क्षेत्रमा निजी क्षेत्रको अग्रणी उद्योग निम्बस र चाइनास्थित युहान कोमेगा सिडबीच सोमबार द्विपक्षीय सम्झौता भएको छ । धानको बिउसहित अन्य कृषिजन्य बालीको विकास गर्ने विषयमा दुई कम्पनीबीच सम्झौता भएको हो ।
उद्योगका वरिष्ठ प्रबन्धक डा.शितलकाजी श्रेष्ठका अनुसार निम्बसको प्रबन्ध निर्देशक आनन्द बगरिया र कोमेगा सिडका प्रबन्ध निर्देशक स्यान्डीले सम्झैतामा हस्ताक्षर गरेका छन् । निम्बसले चाइनाको उक्त कम्पनीबाट उत्पादन हुने कृषिसम्बन्धी बिउबिजन नेपालमा बिक्री गर्नेछन् ।
कोमेगाले धानका हाइब्रिड बिउ क्रमशः सीआरवाइ २६ र सीआर ९१ भित्र्याउने तयारी गरेको हो । ती दुवै जातको बिउको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले परीक्षण गरिसकेको छ ।