सीटीभी मोबाइल खरिदमा बम्पर उपहार

सीटीभी मोबाइल खरिदमा बम्पर उपहार

काठमाडौः सीटीभी मोबाइलले आफ्नो आउटलेटबाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दसैंतिहार बम्पर उपहार योजना ल्याएको छ ।

उक्त योजनामा सहभागी हुने ग्राहकले दरबारमार्गस्थित ताम्राकार कम्प्लेक्सको पसल नम्बर एक सय १३ मा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सीटीभी लिंक इलेक्ट्रोनिक्स र सीटीसी मलमा रहेको द वल्र्डभिजनबाट मोबाइल खरिद गर्नुपर्नेछ ।

दसैं तिहार बम्पर उपहारसँगै आफ्ना आउटलेटबाट एलजीको एल ६० मोबाइल खरिद गर्दा अर्को एउटा मोबाइल उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएके छ । साथै स्टकमा रहेका कतिपय मोबाइल ५० प्रतिशतसम्म छुटमा रहेको सीटीभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

असोज ७ बाट मंसिर ७ गतेसम्म आउटलेटबाट मोबाइल खरिद गर्ने ग्राहकबीच लक्की ड्र गरी प्रथम हुने एकजनालाई यामाहा कम्पनीको फसिन स्कुटर, दोस्रो हुने एकजनालाई ४२ इन्चको सामसुङ टीभी, तेस्रो हुने एकजनालाई हुवावेको पी९ मोबाइल प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सान्त्वना पुरस्कारमा हुवावे, सामसुङ, ओप्पो, युएमआई, जियोनी, कलर्स, पानासोनिक, एलजी, सीजी, इन्टेक्स, एमआई, लेनोभो, सोनी, जेटई, मिजु र माइक्रोसफ्ट मोबाइल कम्पनीका मोबाइल वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.