६ महिनामा २५ लाख मोबाइल दर्ता 

६ महिनामा २५ लाख मोबाइल दर्ता 

काठमाडौः मोबाइल फोन मानिसको दैनिकी बन्दै जाँदा यसको प्रयोगका साथै व्यापारले पनि ठूलो फड्को मारेको छ । नेपालमा स्मार्टफोनका प्रयोगकर्ता बढ्दै जाँदा मोबाइलको बजारसमेत अकासिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमईआई) नम्बर दर्ता प्रक्रिया सुरु गरेको ६ महिनामा २५ लाख मोबाइल फोन प्राधिकरणमा दर्ता भएका छन् ।

वैशाखमा दर्ता प्रक्रिया सुरु गरेको प्राधिकरणमा ४० लाख ९४ हजार तीन सय आईएमईआई नम्बर दर्ता भएका छन् । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार कतिपय मोबाइलमा एउटै सेटको दुईटा आईएमईआई नम्बर हुन्छ ।

आर्थिक वर्ष २०७२/७३ मा ४९ लाख ९० हजार मोबाइल सेट भित्रिएकोमा दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले मोबाइल आयात यो आर्थिक वर्षमा अझ बढ्न सक्ने देखाएको छ । बत्सल इन्टेक्स प्रालिका निर्देशक नीतेस मुन्द्राका अनुसार यो आर्थिक वर्षमा मोबाइल आयात गत आर्थिक वर्षको तुलनामा २० प्रतिशतसम्म बढ्ने सम्भावना छ ।

मोबाइल फोनलाई व्यवस्थित गर्न साथै आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न दूरसञ्चार प्राधिकरणले वैशाख १ देखि आईएमईआई नम्बर दर्ता कडाइका साथ लागू गरेको हो । यसले मोबाइल आयातको रेकर्ड राख्नसमेत मद्दत गरेको छ । प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालका अनुसार यो प्रक्रियाले मोबाइल आयातमा हुने करछलीलाई पनि निरुत्साहित गरेको छ ।

भन्सार छलेर मोबाइल आयात भए पनि अबको एक वर्षमा ती सेटले काम नगर्ने खनालले बताए । उनका अनुसार यो प्रक्रियाले कर छलेर मोबाइल ल्याउने क्रम बन्द हुनुका साथै मोबाइल चोरीसमेत घट्छ ।

आईएमईआई दर्ता हुँदा मोबाइल हरायो भने खोज्न सहज हुन्छ । यसमार्फत चोरीको मोबाइल कुन ठाउँमा कुन सिम हालेर प्रयोग भइरहेको छ, पत्ता लगाउन सकिने खनालले बताए ।

आईएमईआई दर्ता हुँदा मोबाइल हरायो भने खोज्न सहज हुन्छ । यसमार्फत चोरीको मोबाइल कुन ठाउँमा कुन सिम हालेर प्रयोग भइरहेको छ, पत्ता लगाउन सकिन्छ ।

‘यस्तो नियम अन्तर्राष्ट्रिय स्तरमा पहिलेदेखि नै छ । हामीले यसलाई लागू गर्न ढिला भएको हो', निर्देशक खनालले बताए । उनका अनुसार यसले सामाजिक सुरक्षा कायम गर्ने, राजस्व छलीका साथै नेपाललाई मेसिनरी सामानको डम्पिङ साइट हुनबाट रोक्छ ।

प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार गत ६ महिनामा व्यक्तिगत रूपमा आईएमईआई नम्बर दर्ता गर्नेको संख्या पनि दुइ हजारको हाराहारीमा पुगिसकेको छ । आईएमईआई नम्बर दर्ताका लागि व्यापारीले मोबाइल सेट आयात वा बिक्री गर्नूपूर्व नै ‘टाइप एपु्रभल' लिई सम्पूर्ण विवरण भरेर प्राधिकरणमा आवेदन फारम बुझाउनुपर्छ ।

व्यक्तिगत रूपमा दर्ता गर्न विदेशी नागरिकले ह्यान्ड सेटको विवरण र पासपोर्टको प्रतिलिपि आवेदन दिँदा बुझाउनुपर्छ । नेपालीले मोबाइलको विवरण र नागरिकताको फोटोकपी उपलब्ध गराउनुपर्छ ।

प्राधिकरणले तिहारलगत्तै अनलाइनमार्फत आवेदन दिन पाउने सुविधा पनि सञ्चालनमा ल्याउने इन्जिनियर विनोदचन्द्र श्रेष्ठले बताए । उनका अनुसार इमेलमार्फत आवेदन दिन सकिने व्यवस्था भने प्राधिकरणले मिलाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.