सुविन भट्टराईः जसको जिनमै प्रेम छ !

सुविन भट्टराईः जसको जिनमै प्रेम छ  !

साहित्यिक कृति भन्नेबित्तिकै १० हात पर भाग्ने पाठकलाई पनि सुबिन भट्टराईका किताबले लोभ्याउने गरेका छन् । अझै उनको शब्दले भाग्ने पाठकलाई झन् आफूसँगै बाँधेर अगाडि बढाउन सक्ने क्षमता राख्छन् । साहित्यमा भित्रिरहेका नयाँ पाठक उनका किताबका विशेष फ्यान हुन् । युवा पाठक उनको कृति पढ्न मरिहत्ते नै गर्छन ।

नेपाली साहित्यमा आइरहेका नयाँ पाठकमाझ उनी सेलिब्रेटी बनेका छन् । बोझिल विषयवस्तु, गरुंगा दर्शन, शब्दको क्लिस्टताले गाँजिएका किताबभन्दा उनका किताब फरक हुन्छन् । सबैले बुझ्ने गरी लेख्छन् सुबिन । त्यसैले पनि आफ्ना पाठक बढेको उनी बताउँछन् । तीन घन्टाभित्र सिनेमा हेरे बराबरको सन्तुष्टि उनका उपन्यास पढेर पाइने हुँदा उनीप्रति पाठक मोहित हुनु स्वाभाविक हो ।

यसअघि कथाकी पात्र, समर लभ, सायाजस्ता प्रेमकथा बुनिएका उपन्यास र कथाबाट यङ हर्टमाझ चिनिएका लेखक भट्टराई मनसुनले भिजाएको सहरमा नयाँ शाब्दिक 'मनसुन' लिएर आएका छन् । जुन खबर सामाजिक सञ्जालमा डँढेलोजस्तै फैलिएको छ । किताब प्रकाशनसँगै उनको व्यस्तता पनि चुलिएको छ ।

दसैं सुरु भइरहँदा काठमाडौंलाई बेलाबेलामा झरीले भिजाइरहेको छ । आकाशबाट बर्सिने मनसुनले बिदा मगिरहँदा सहरमा नयाँ मनसुन भित्रिएको छ । लेखक सुबिन भट्टराईको मनसुनले यतिबेला बजार भिजाइरहेको छ । प्रेमकै कुरा गरेर युवामाझ लोकप्रिय बनेका सुबिन पाठकको प्रतिक्रियामा डुबिरहेका छन् ।

भन्छन्, 'एकदमै ह्युज रेसपोन्स आइरहेछ, यत्तिको सोचेको थिइनँ ।' पहिलो पुस्तक 'कथाकी पात्र'मा प्रेमका कुरा गरेपछि पाएको प्रतिक्रियाले उनलाई प्रेमतिरै लेख्न प्रेरणा मिलेको हो । 'त्यतिबेला राम्रै चर्चा पाएपछि उनले सोचे 'ह्वाई नट अ लभस्टोरी ? ' प्रेम सधैं चल्छ, प्रेमको कुनै उमेर, आयु, काल हुँदैन, त्यसैले प्रेमलाई रोजेँ', उनले भने ।

पुस्तक लेख्न थालेपछि मात्र होइन उनी सानैदेखि जब महसुस गर्न थाले तबदेखि सायद प्रेमलाई नै महसुस गरेको सुनाउँछन् । भन्छन्, 'प्रेमिल मुटु छ कि मेरो । गजल लेख्दा पनि प्रेमकै विषयमा लेख्न मन पराउँथे । शरीर, जिन, दिमागमा प्रेम छ होला जस्तो लाग्छ ।'

उनका पुस्तक पढ्दा धेरैलाई लाग्न सक्छ, 'यो कतै सुबिनकै अनुभूति त होइन, यो पात्र सुबिन नै त होइन ? ' हुन पनि हो प्राय पात्रमा सुबिन आफैं हावी भएका हुन्छन् । रमाइलो कुरा त महिला पात्रमा पनि उनी हाबी भइदिन्छन् । मनसुनमा पनि सुबिनलाई भेट्न पाइन्छ । समर लभ र सायामा प्रेमीप्रेमिकाको स्पष्टीकरण लेखिसकेपछि मनसुनमा एकतर्फी प्रेम पस्किएका छन्, उनले । आफूलाई उनी एकतर्फी प्रेम गर्न माहिर छु भन्ठान्छन् ।

पुस्तकभित्र उनलाई खोज्न गाह्रो पर्दैन । प्रेमिल स्वभाव त उनको छ नै, यसलाई व्याख्या गर्न उनी अतीत सम्झन्छन्, 'कलेज लाइफमा पनि हुने गथ्र्यो, क्लासमा कुनै केटी मन पथ्र्यो सपनामा उसैलाई देख्थेँ, साथीहरूलाई भन्ने गर्थेँ, लुकीलुकी कसैलाई मन पराउने प्रकृतिको रहेछु ।'

यसअघि कथाकी पात्र, समर लभ, सायाजस्ता प्रेमकथा बुनिएका उपन्यास र कथाबाट यङ हर्टमाझ चिनिएका लेखक भट्टराई मनसुनले भिजाएको सहरमा नयाँ शाब्दिक 'मनसुन' लिएर आएका छन् । जुन खबर सामाजिक सञ्जालमा डँढेलोजस्तै फैलिएको छ ।

समाजमा प्रेमका कुरा गर्नेलाई हलुका रूपमा लिइन्छ । कतिले यस्तो लेखनलाई सतही लेखन पनि भन्छन् । यस्ता विश्लेषणलाई सुबिन गतिलो उत्तर दिन्छन्, 'धेरै सामाजिक विषय प्रेमकै कारण सुरु हुन्छन् भने यो समाजभन्दा बाहिर हुनै सक्दैन ।' प्रेमले मान्छेलाई जिउनमात्र सिकाउँदैन मृत्युको मुखमा पनि पुर्‌याउन सक्छ । प्रेमकै कारण कत्तिले आत्महत्या गरेका छन् । कोही पागल भएका छन् त कसैले घरबारै त्यागेका छन् । उमेरको उत्तराद्र्धमा पुगेर पनि मानिस प्रेमको खोजीमा हुन्छ । ६० वर्ष काटेका मानिस पनि प्रेमको लागि भौतारिएको देखिन्छ ।'

सुबिनका अनुसार समाजमा यस्तो वर्ग छ, जसले यी विषयलाई 'हावा' भन्ने गर्छ । जसले जिन्दगीमा प्रेमका समस्या भोगे, उनीहरूले विगतलाई बिर्सिए । सबैको जीवनमा प्रेमको अनुभूति हुने समय आउँछ । तर तिनलाई भुलेर अघि बढ्नेहरूले पत्रपत्रिकामा होस् या अरू कुनै कोर्समा यस्ता विषय प्रवेश हुनै दिँदैनन् । उमेर ढल्किएका मानिसहरू विगतका कुरा बिर्सन्छन्, न त त्यसलाई रिकल गर्न नै चाहन्छन् । भोगिरहेका मानिसहरू कोर्स निर्माण गर्ने स्थानमा छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.