सेलिब्रेटीको किनमेल सम्झना

सेलिब्रेटीको किनमेल सम्झना

सेलिब्रेटीको दशै किनमेलदसैं आम नेपालीले उत्साहका साथ मनाउने पर्व हो । यो पर्व गाउँदेखि सहरसम्म उस्तै गरी मनाइन्छ । सरकारी तहबाटै दसैंलाई मुलुकको राष्ट्रिय चाडका रुपमा मनाउन करिब साता दिन लामो विदा दिइन्छ । दसैं तिहारलाई मजदुरदेखि मन्त्रीसम्मले गक्ष अनुसार मनाउने गर्छन । मिठो मसिनो खाएर, राम्रो नयाँ लगाएर पर्व मनाउने परम्परा जारी छ । दसैं सेलिब्रेटीले कसरी मनाउँछन् अर्थात उनीमध्ये केही प्रतिनिधि पात्रको दसैं किनमेलका बारेमा बुझ्ने प्रयास गरिएको छ ।

२५ पैसामा चंगा किन्थेँ: विजय लामा

सिनियर क्याप्टेन, अभिनेता, प्रोड्युसरको रूपमा नाम कमाएका छन् विजय लामाले । लमा दशैमा पनि आकाशमा उडिरहेका हुन्छ । उनले भने, 'मलाइ अरुको निधारमा टिका लागोस भन्ने लाग्छ, त्यसैले म निरन्तर जहाज उडाइरहन्छु ।' अरूले निधारमा रातो अक्षता लगाएर हिँडेको देख्दा उनी आफैले लगाएको अनुभूति गर्छन ।

२९ वर्ष भइ सक्यो उनी उड्न थालेको । सपिङको लागि उनीसँग त्यति समय हुँदैन । यसपालीको दशैँमा एयरलाइन्सले दुई जोर युनिफर्म दिएको छ उनलाई । 'दसैंको अवसर पारेर त्यही लगाउँनु पर्ला', ठट्टा गर्दै लामाले भने, 'सातामा छ दिन युनिफर्ममा हुन्छु त्यसैले मलाइ खासै धेरै कपडा पनि चाहिँदैन ।' उनको बालकालमा दशै खुब रमाइलो हुन्थ्यो । पुलिस आर्मीका लुगा खुब मन पथ्र्यो रे ! उनी त्यो लुगा किलागलमा गएर किन्थे ।

लामा सानोमा चंगा खुब उडाउँथे । उनका अनुसार त्यसबेला २५ देखि ५० पैसामा राम्रै चंगा पाइन्थ्यो । पानबुट्टे, धर्के, पुच्छरे विभिन्न प्रकारका चंगा पाइन्थे । 'म एउटा हातले मात्र चंगा उडाउँथे । आफन्तकहाँ टिका लगाउन जाँदा पाइलट भए भन्थे, पाइलट नै भैदिएँ', लामाले भने, 'तर अहिले दशैको मुल्य नै नबुझेको जस्तो लाग्छ । दशैको लागि भनेर सपिङ हुँदैन ।'

दसैंमा दुई जोर लुगाः रेखा थापा

नायिका रेखा थापा दसैंका लागि भनेर किनमेल गर्दिनन् । 'सँधै नयाँ लुगा लगाइरहेको हुन्छु, दशैको लागि भनेर सपिङ जान उत्साह हुँदैन', उनले भनिन्, 'दसैंमा नयाँ लुगा किन्ने काम सानो हुँदा मात्रै भयो ।' सानो हुँदा उनका बुबाले दाई, दिदीलाई एक एक जोर लुगा किनिदिए पनि उनलाई भने दुइ जोर किन्दिनु हुन्थ्यो, नत्र म मान्दिनथेँ, जिद्धी गर्थेँ । बुवाले घरमै पिगं लगाइदिनु हुन्थ्यो । त्यो नै सबै भन्दा रमाइलो लाग्थ्यो मलाइ । अहीले पनि पिगं खेल्न उतिकै रमाइलो लाग्छ ।

सानोछँदा मामाघरमा टिका लगाउन गएको स्मरण गर्दै उनले भनिन्, 'सबै भन्दा धेरै पैसा भएको खाम मलाइ परेको थियो । त्यो क्षण सम्झदा अझै रमाइलो लाग्छ ।' कतै बाहिर निस्कीएको बेला राम्रो लागेमा सामान किन्ने गरेको उनले बताइन् । उनको सपिङ गर्ने कुनै खास ठाउँ छैन । विदेश गएको बेला भने उनी धेरै सपिङ गर्ने गरेको बताउँछन् ।

दसैंमा कुर्ता लगाउँछुः जीवन लुइटेल

दसैंलाई सामान्य रूपमा लिन्छु । यो परम्परा हो ठान्नुपर्छ । धेरै उत्साह भने हुँदैन । जुवा तास खेल्दिन । दसैंमा घरमा कुर्ता पाइजामा लगाउँछु । दसैंकै लागि भनेर सपिङ गर्दिन । पहिलाको जस्तो सपिगं जाने, घुमघाम गर्ने उत्साह छैन । प्राय बाहीरतिर घुम्न जाँदा नै धेरै सामान लिएर आउने गरेको छु ।

चस्मा, घडी, जुत्ताको एकदमै शौखिन छु । म अलि ब्रान्ड कन्सस छु । कुनै पनि ठाउँमा गएको बेला नयाँ सामान चिनो स्वरुप लिएर आउने गरेको छु । नेपालमा भने सिटी सेन्टर, डब्लु टिसी र दरबार मार्गको 'पकेट' पसलमा किनमेल गर्छु । प्रायजसो म फर्मल सुट लगाउँछु ।

बाबाले बिशालबजार लानुहुन्थ्योः अशिस्मा नकर्मी

नायिका अशिस्मा नकर्मीलाई पनि दसैंमा सपिङको त्यति चासो छैन । उनी भन्छिन्, 'लुगा कपडा किनिदैन, खानेकुरा घरमा अरुले म्यानेज गरिहाल्छन् ।' उनीसँग प्रायजसो सुटिगंका कपडाहरु नै धेरै हुने गर्छन् । कतिपय कपडाहरु क्यारेक्टर अनुसारको लगाउनुपर्ने हुँन्छ । सिमीत बजेट हुने हुँदा आफैले पनि म्यानेज गर्नुपर्ने हुन्छ । उनलाई सानोछँदा दसैंमा बाबाले इन्द्रचोकमा र बिशालबजारमा सपिङ गर्न लगेको सम्झँदा अझै रमाइलो लाग्छ ।

काठमाडौंमा जन्मिएकी अशीस्मा काठमाडौ भन्दा टाढा मनकामनासम्म पुगेकी छन् । तर उनले अमेरिकाबाट हस्पिटालिटीमा ग्राजुएसन गरेकी छन् । दसैंमा टिका थाप्ने, पिंग खेल्ने उनको रोजाइका विषय हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.