दसैंतिहारमा ग्राहकलाई नेपाल टेलिकमको छुट

दसैंतिहारमा ग्राहकलाई नेपाल टेलिकमको छुट

काठमाडौः नेपाल टेलिकमले विभिन्न सेवामा छुट अफर ल्याएको छ । टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोस्टपेडका ग्राहकलाई दसैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएससमेत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म सय एमबी डाटा ५० रुपैयाँमा र दुई सय ५० एमबी डाटा सय रुपैयाँमा उपलब्ध हुनेछ । टेलिकमका अनुसार सय एमबी डाटाको अवधि पाँच दिनसम्म र दुई सय ५० एमबी डाटाको अवधि १० दिनसम्म रहनेछ ।

सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्नेछन् । त्यस्तै टेलिकमले जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराएको छ ।

सो अनुसार राति १० बजेदेखि बिहान ६ बजेसम्म ४० रुपैयाँमा पाँच सय एमबी र ८५ रुपैयाँमा १२ सय एमबी डाटा प्रयोग गर्न सकिनेछ । यी डाटा भोल्युमको अवधि क्रमशः सात दिन र १५ दिन हुनेछ । टेलिकमले कम्पनीकै नेटवर्कभित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराएको छ भने एसएमएसमा ५० प्रतिशत छुट दिने भएको छ ।

यो असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म लागू हुनेछ । टेलिकमले स्थानीय टेलिफोन सेवामा दिँदै आएको छुटमा थप सय लोकल फ्री कल उपलब्ध गराउने भएको छ ।

एडीएसएलमा दसैं, तिहार तथा छठको समयमा भ्यालिडिटी सकिने भोलुम बेस तथा अल्टिमेट एडीएसएलका ग्राहकलाई समय थप गरिने जनाएको छ । वाइम्याक्स तथा फाइबरका ग्राहकको हकमा डाटा भोलुम बाँकी भएको तर भ्यालिडिटी सकिएको खण्डमा समय थप गरिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.