पानसः मध्यम वर्गका लागि

पानसः मध्यम वर्गका लागि

धर्म पौडेल, जसले जीवनका सात वसन्त बेल्जियममा बिताए । त्यो पनि रेस्टुराँ लाइनमा । लिमाले आठ वर्ष अस्टेलियामा बिताइन । त्यहाँ रहँदा उनले आधुनिक रेस्टुराँको स्वभाव बुझिन्, हस्पिटालिटीबारे अध्ययन गरिन् । दुवै जनाको त्यही अनुभव समि श्रण गरेर उनीहरूले पानस रेस्ट्रो स्थापना गरे ।

नयाँ बानेश्वरदेखि तीनकुने सडकमा जाँदै गर्दा बायाँ किनारमा अल इन वन मार्टको पहिलो तल्लामा पानस रेस्ट्रोको आकर्षक बोर्ड देखिन्छ । सडक किनारमा जोडिए पनि पाहुनालाई कुनै शान्त कुनामा बसेझैं अनुभव होस् भनेर रेस्टुराँलाई सिसाले सजाइएको छ ।

‘सुन्दर, सफा र चिटिक्क आकर्षक शैलीले मात्रै पुग्दैन’, म्यानेजमेन्ट हेरिरहेकी लिमाले भनिन्, ‘रेस्टुराँमा चाहिने भनेको स्वाद नै हो ।’ त्यही स्वादलाई ध्यानमा राखेर उनीहरूले समिट होटेलमा २५ वर्ष अनुभव बटुलेका पन्नालाल कर्माचार्यलाई हेड सेफको जिम्मेवारी सुम्पेका छन् ।

पानसको विशेषता आधुनिकतामा आरामदायी वातावरण हो । सुन्दर, शान्त र सफा वातावरणमा बसेर नेपाली खाना, चाइनिज स्वाद, भारतीय परिकार र कन्टिनेन्टर सबै प्रकारका खाना खान पाउनु यसको विशेषता हो । आफूहरूकोमा सबैभन्दा रुचाइने स्वाद भनेको नेपाली खाना, झोल मःमः पनिर मःमः, पनिर पकौडा, ब्रियानी, कबाब भएको लिमाले बताइन् ।

पानसमा पसिसकेपछि यो खाना छैन भनेर कसैले फर्कनु नपर्ने दाबी उनको छ । ‘हाम्रोमा सबै परिकार बन्छ’, उनले भनिन्, ‘हामीकहाँ अर्डर आउनुपर्छ, सबै सेवा दिइरहेका छौं ।’ पानसमा डक छोयला, साँधेको मःमः, मटन टाउको परिकार, मटन तावा, फिस तवा, पास्ता, कटि रोल, स्प्रिङ रोल, पिज्जा, चप्सीदेखि करी, ग्रेभीसम्म उपलब्ध भएको उनले बताइन् ।

पानस रेस्ट्रोले पस्कले सस र डिजर्ड स्वनिर्मित भएको उनले बताइन् । जुन हाइजेनिक र मिसावटरहित हुने उनको भनाइ छ । पानसले स्थापनादेखि नै लन्च बक्स र डिनर बस्कको समेत सेवा दिँदै आएको छ । संविधानसभा र मन्त्रीहरूका लागि भीआईपी बक्स आफूहरूकहाँबाटै जाने गरेको लिमाले जानकारी दिइन् ।

पारिवारिक वातावरणमा बसेर साँझपख रमाइलो गर्न होस् वा गुड फ्राइडे मनाउन उपयुक्त वातावरणको व्यवस्था पानसले गरेको छ । २५ जनासम्मको जमघट वा पारिवारिक भेटघाटका लागि छुट्टै आरामदायी हलको व्यवस्था पानसले गरेको छ ।

नियमित ग्राहकका लागि क्लाइन्ट कार्ड उपलब्ध गराउने पानसले त्यस्ता पाहुनालाई उठेको बिलमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको म्यानेजर लिमाले बताइन् । गुड फ्राइडे वा साथीभाइसँग रमाइलो गर्नेका लागि हार्ड र सफ्ट सबै प्रकारका पेयपदार्थ उपलब्ध गराउने मात्रैहोइन मापसेबाट जोगिन आगन्तुकको सवारीसाधन सुरक्षित राखिदिने व्यवस्थासमेत पानसले गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.