झापा गौरादहका ग्राहकलाई ३५ औँ साताको पुरस्कार
विराटनगरः अन्नपूर्ण पोष्टको ग्राहक योजना नपर्ने त कुरै छैन ओमएमजी अभियान अन्तर्गत ३५ औँ साताको पुरस्कार झापा गौरदाह डिपुचौकका ग्राहक ह्दयराज सुवेदीले प्राप्त गरेका छन् ।
ह्दय कस्मेटिक्स एन्ड लेडिज टेर्लसका सञ्चालकसमेत रहेका सुवेदीलाई शुक्रबार अन्नपूर्ण पोष्टको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा पुरस्कार हस्तान्तरण गरियो ।
सुवेदीलाई मोरङ व्यापार संघका महासचिव तथा विराटनगरका उद्योगी प्रकाश मुन्दडाले पुरस्कार हस्तान्तरण गरे । पुरस्कार ग्रहण गर्दै सुवेदीले भने,‘अन्नपूर्ण पोष्टले गरेको यो कार्यक्रमबाट मलाई निकै सन्तुष्टि मिलेको छ । यस्ता कार्यक्रमले पुरस्कारको विषयमा थप विश्वास जगाउँछ ।’
उनलाई घरायसी प्रयोगका होमग्लोरीका भ्याकुम क्लिनर, रोटी मेकर, मिक्सचर, इलेक्ट्रीक वाटर हिटर, फिल्टरलगायत सामग्री अन्नपूर्ण पोष्टका तर्फबाट दिइयो ।
महासचिव मुन्दडाले अन्नपूर्णको ग्राहक योजनाले जनमानसमा छुट्टै प्रभाव पारेको बताउँदै भने,‘यसरी कार्यलयमै पुरस्कार वितरण गरिँदा यसले ग्राहकमा थप विश्वास पैदा हुन्छ ।’
अन्नपूर्ण पोष्टका पूर्वाञ्चल क्षेत्रीय ब्यूरो प्रमुख कुमार लुइँटेलको सभापतित्वमा भएको कार्यक्रममा पूर्वाञ्चल एरिया इन्चार्ज रोशन घिमिरेले पूर्वीक्षेत्रमा जारी ग्राहक योजना अभियानका विषयमा जानकारी गराएका थिए ।
अन्नपूर्णले आफ्ना ग्राहकमध्येबाट हरेक हप्ता र महिना एकजना भाग्याशली विजेतालाई पुरस्कृत प्रदान गर्दै आएको छ ।