अन्नपूर्णका थप तीन मिडियाः टेलिभिजन, म्यागजिन र अंग्रेजी अनलाइन प्रारम्भ

अन्नपूर्णका थप तीन मिडियाः टेलिभिजन,  म्यागजिन र अंग्रेजी अनलाइन प्रारम्भ

काठमाडौं: मुलुकको अग्रणी प्रकाशन संस्था अन्नपूर्ण मिडिया नेटवर्कले टेलिभिजन, साप्ताहिक म्यागजिन र अंग्रेजी अनलाइन एकसाथ सञ्चालनमा ल्याएको छ।

तीनवटै मिडियाको शनिबार राजधानीमा विशेष समारोहकाबीच पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली, वनमन्त्री शंकर भण्डारी, प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एकसाथ ‘एपी वान’ टेलिभिजन, ‘अन्नपूर्ण टुडे’ राष्ट्रिय साप्ताहिक, अंग्रेजी अनलाइन ‘अन्नपूर्ण पोष्ट डटकम’ शुभारम्भ गरे ।

अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकको प्रकाशन गृह अन्नपूर्ण मिडिया नेटवर्कले एकैसाथ टेलिभिजन, साप्ताहिक म्यागजिन र अंग्रेजी भाषाको अनलाइनको शुभारम्भ गरेको हो।

एपी वान टेलिभिजनको परीक्षण प्रसारण शनिबार दिउँसो १२:४८ बजे शुभारम्भ भएको छ । सोही समारोहमा साप्ताहिक म्यागजिन ‘अन्नपूर्ण टुडे’को विमोचन पूर्वप्रधानमन्त्री ओली र अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गरे । शनिबार बाटै अंग्रेजी भाषाको अनलाइन पनि सञ्चालनमा आएको छ।

यसअघि अन्नपूर्ण मिडिया नेटवर्कले अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण रेडियो र अन्नपूर्णपोस्ट डटकम सञ्चालन गर्दै आएको  थियाे ।

एपी वान टीभीका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले परीक्षण प्रसारणमा आएको एपी वान टेलिभिजनमा मुख्य तीन फरक विशेषता रहेको बताए। एपी वान टेलिभिजन नेपालको पहिलो हाइडेफिनेसन (एचडी) टेलिभिजन हो।

सबैभन्दा छिटो र प्रत्यक्ष प्रसारण गर्ने क्षमता भएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज सो ल्याउने नेपालको पहिलो टेलिभिजन च्यानल पनि एपी वान हो।

प्रत्येक शुक्रबार प्रकाशन हुने ‘अन्नपूर्ण टुडे’ साप्ताहिकको नियमित प्रकाशन भने कात्तिक १९ गतेदेखि हुनेछ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अन्नपूर्णलाई सफलताको शुभकामना दिए । ओलीले दसैँको सुरुवात घटस्थापनाको दिन शुभारम्भ भएकामा खुशी व्यक्त गरे । ‘शुभ कामको शुभारम्भ शुभ साइतमा भएको छ’, ओलीले भने, ‘आजै जन्मिएको ‘एपी वान’ टेलिभिजन तन्दुरुस्त भएर हलक्क बढ्नुपर्छ ।’

ओलीले विशेष साइत भएकाले अन्नपूर्णका कुनै मिडियाको स्वास्थ्यमा गढबढ नहुने उल्लेख गर्दै भने, ‘यसको स्वास्थ्यमा कुनै खराबी छैन् । यसले राम्रो प्रगति गर्छ र अघि बढ्छ ।’

ओलीले सफलताको शुभकामना दिदैँ भने, ‘एपी वान टेलिभिजन, अन्नपूर्ण टुडे पत्रिका, अंग्रेजी अनलाइन र समग्रतामा अन्नपूर्ण परिवार सफलताका साथ अघि बढोस् ।’

अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विशेष समारोहमा उपस्थित अतिथि, विशिष्ट अतिथिलाई धन्यवाद व्यक्त गरे । ‘लोकतन्त्रमा सूचनामा सबैको पहुँच हुनुपर्छ । त्यसका लागि हामी सदैव प्रतिबद्ध छौँ’, अध्यक्ष थापाले भने, ‘सुसूचित जनताले मात्र देश निर्माणका निम्ति महत्वपूर्ण निर्णय गर्न सक्छन् । जनताको त्यो निर्णयक भूमिकामा हाम्रो साथ निरन्तर रहने छ ।’

नयाँ तीन मिडिया थपिएको जानकारी गराउदै अध्यक्ष थापाले भने, ‘आजबाट हाम्रो टेलिभिजन च्यानल प्रसारण, अन्नपूर्ण डुडे साप्ताहिक पत्रिका र अंग्रेजी अनलाइन सुरु भएका छन् । हामी सत्य र तथ्यलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने छौँ ।’

अध्यक्ष थापाले सम्पूर्ण कर्मचारी, पत्रकार, विज्ञापनदाता र सहयोगीलाई विशेष धन्यवाद व्यक्त गरे । समारोहमा अन्नपूर्ण पोस्टमा कार्यरत उत्कृष्ट पत्रकार र कर्मचारीलाई सम्मान गरिएको छ । 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.