मोडेल किम काडेसियनमाथि हतियारधारीको आक्रमण
अमेरिकी कलाकार तथा टिभी रियालिटी स्टार किम काडेसियनलाईै बन्दुक देखाएर लुटिएको छ ।
पेरिसमा रहेको उनको होटलको कोठामा बान्दुक देखाएर किमलाई बन्धन बनाइएको बीबीसीले जनाएको छ ।
पेरिस प्रहरीले घटनाको पुष्टि गर्दै लुटेराहरुले किममाथि आक्रमण गरेको र उनीसँग भएको लाखौं डलर पर्ने जेवर लुटेर लगेको बताएको छ ।
किमलाई कुनै शारिरीक चोटपटक भने लागेको छैन् । घटनाको अनुसन्धान जारी छ ।
न्यूर्योकमा मिडोज फेस्टिवलका अवसरमा आफ्नो प्रस्तुती देखाइरहेका र्यापर कान्ये वेस्ट किममाथि आक्रमण भएको सुन्ने वित्तिकै कार्यक्रम छोडेर हिँडेका थिए ।
किमका प्रवक्ताले सञ्चार माध्यमलाई बताएअनुसार नकाबसहित प्रहरीको बर्दी लगाएका दुई हतियारधारीले हतियार देखाउँदै उनलाई बन्धक बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस !
७