एक सय ३७ सहकारी कारबाहीमा

एक सय ३७ सहकारी कारबाहीमा

सिन्धुलीः सहकारी डिभिजन कार्यालय धनुषाले सिन्धुली, महोत्तरी र धनुषाका एक सय ३७ वटा सहकारी संस्थामाथि कारबाही थालेको छ । १० वटा सहकारीको दर्ता नै खारेजी गरेको छ । सिन्धुलीका मात्र २० वटा सहकारी संस्था छन् । सहकारी ऐन अनुसार नचलेका र डिभिजन कार्यालयको निर्देशन पालना नगर्ने सहकारीमाथि कारबाही थालिएको डिभिजन कार्यालयले जनाएको छ ।

समयमा लेखापरीक्षण नगर्ने, लेखापरीक्षण गर्दा लेखापरीक्षक नियुक्त नगर्ने र आर्थिक हिनामिना गर्ने सहकारी संस्थालाई दर्ता खारेजीसम्मको कारबाही थालिएको डिभिजन कार्यालयका प्रमुख रविन्द्रप्रसाद यादवले जानकारी दिए ।

उनले भने, 'तीन जिल्लाको गरी एक सय ३७ वटा सहकारी कारबाहीमा परेका छन् । यसमध्ये १० वटाको दर्तानै खारेज गरिसकिएको छ । बाँकी पनि छानबिनमा भएकाले दर्ता खारेजी हुन सक्छ ।'

सिन्धुली जिल्लाबाट दर्ता भएका चार सय ८६ वटा सहकारीमध्ये २० वटा सहकारी संस्था कारबाहीमा परेको बताइएको छ ।

डिभिजन कार्यालयको कार्य क्षेत्रभित्र पर्ने तीन जिल्लाका सहकारी संस्थाको अनुगमनका क्रममा कमजोरी भएको पाइएकालाई सचेत गराइएको र सचेत गराउँदासमेत अटेर गर्नेलाई कारबाही थालिएको उनको भनाइ छ । पछिल्लो समय सहकारी संस्थामा मनोमानी चल्दै गएका बेला डिभिजन कार्यालयले कारबाही थालेपछि सहकारी सञ्चालक सचेत भएका छन् ।

जिल्लाका रतनचुर, भीमस्थान र बेलघारी गाविसमा सञ्चालित महिला सहकारी संस्थामा लाखौं रुपैयाँ अनियमितता भएको पाइएकाले सहकारीमाथि पनि छानबिन थालिएको उनले जनाए ।

'तीनवटै गाविसमा सञ्चालिन महिला सहकारी संस्थामा ठूलोमात्रमा रकम हिनामिना भएको भन्दै उजुरी परेको छ । यस्ता उजुरीमाथि कारबाही थालिएको छ' ,उनले भने । जिल्लामा सञ्चालित सहकारी संस्थाले उद्देश्य अनुसारको काम नगरी सहकारी ऐन विपरीत चल्ने गरेको पाइएकाले उनीहरूलाई सच्चिने मौका दिएको पनि उनको भनाइ छ ।

जिल्ला सदरमुकाम र ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका कतिपय सहकारी संस्था सरकारले दिने अनुदान लिनका लागि मात्र दर्ता हुने र अनुदान लिइसकेपछि निष्कृय हुने गरेको डिभिजन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.