कुमारी बैंकले चार वित्तीय संस्था किन्ने
काडमाडौं: कुमारी बैंक लिमिटेडले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स कम्पनी, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले असार मसान्तभित्र वाणिज्य बैंकहरूको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउन भनी दिएको निर्देशनलाई ध्यान दिई यी बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने निर्णय गरेको हो । चारवटा संस्थाको प्राप्तिले बैंकको शाखा सञ्जाल, निक्षेप, कर्जा आदिमा वृद्धि भई थप ऊर्जा प्राप्त हुने विश्वास लिएको छ ।
उक्त प्राप्तिपछि बैंकको शाखा सञ्जाल ७४ पुग्ने छ भने कर्जा लगानी र निक्षेप क्रमशः ४० अर्ब र ५० अर्ब हुने बैंकले जनाएको छ । कुमारी बैंकले चुक्ता पुँजी वृद्धि गर्न विद्यमान पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना अगाडि सारिसकेको छ ।