जियोनीका नयाँ दुई मोडल बजारमा
![जियोनीका नयाँ दुई मोडल बजारमा](https://annapurnapost.prixacdn.net/media/albums/Gione-smart-phone-57f33df4e50875.76126584_mAaknPdCAp.jpg)
काठमाडौं: जियोनीले नेपाली बजारमा नयाँ दुई स्मार्टफोन ल्याएको छ । एस सिक्स प्रो र पी सेभेन म्याक्स बजारमा ल्याएको कम्पनीले जनाएको छ । नेपाली बजारमा केही हप्ताअघि आएको एस सिक्स एस ग्राहकले रुचाइरहेका बेला जियोनीले थप दुई मोडल सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार पी सेभेन म्याक्समा आकर्षक र चम्किलो डिजाइन छ । ५.५ इन्चको एचडी स्क्रिन रहेको फोनमा १३ मेगापिक्सलको रियर क्यामेरा र स्क्रिन फ्ल्याससहितको पाँच मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । पी सेभेन म्याक्समा २.२ गिगाहर्जको अक्टाकोर मिडियाटेक पी टेन प्रोसेसर छ ।
३१ सय एमएएचको ब्याट्री रहेको यस फोनमा तीन जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेज छ । एन्ड्रोइड ६.० मा आधारित यो फोनमा जियोनीको अमिगो ३.२ यूआईपी छ । यसको बजार मूल्य २१ हजार नौ सय ९९ छ । त्यस्तै एस सिक्स प्रोमा चार जीबी र्याम र ३२ जीबी स्टोरेज रहेको छ । ६४ बिटको अक्टाकोर १.८ गिगाहर्ज हेलियो पी टेन प्रोसेसर रहेको यस फोनमा गोरिल्ला ग्लास थ्री प्रयोग गरिएको छ ।
५.५ इन्चको १०८० पीएफ एचडी २.५ डी वाटर ड्रप डिस्प्ले रहेको फोनमा १३ मेगापिक्सलको रियर क्यामेराछ । ३१ सय ३० एमएएचको ब्याट्री क्षमता रहेको फोनमा एन्ड्रोइड ६.०.१ मा आधारित जियोनीको आफ्नै युआई अमिगो ३.२ अपरेटिङ सिस्टम छ । यसको बजार मूलय ३४ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)