जन्मदर्ता गर्दा एक हजार रुपैयाँ भत्ता!
दाङ: दाङका नगरपालिकाले दलित समुदायका शिशुको जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए प्रोत्साहनस्वरुप एक हजार रुपैयाँ दिने भएको छ।
दलित बालबालिकाको जन्मदर्ता समयमै नहुने समस्या रहेकाले स्थानीय विकास मन्त्रालयकै योजनाअनुसार तुलसीपुर नगरपालिकाले रकम दिने भएको हो।
मन्त्रालयले नगरपालिकालाई परिपत्र गरिसकेको र अब जन्मदर्ता तोकिएको समयमा गराउने दलित समुदायका बालबालिकालाई प्रोत्साहन भत्ता दिइने तुलसीपुर नगरपालिकाका पञ्जिकाधिकारी ध्रुवराज रेग्मीले बताए।
व्यक्तिगत घटना दर्ता विवरणअन्तर्गत जन्मदर्ता महत्वपूर्ण हुन्छ। प्रायः बालबालिकाको जम्मदर्ता उमेर पुग्दासम्म पनि नहुने समस्या यहाँ व्याप्त रहेकाले यो नयाँ व्यवस्था गरिएको हो। रासस