देशभर दुई महिनामा १८१ सवारी दुर्घटना, ३०८ को मृत्यु

देशभर दुई महिनामा १८१ सवारी दुर्घटना, ३०८ को मृत्यु

काठमाडौंः पछिल्लो दुई महिनामा भएका एक सय ८१ ठूला सवारी दुर्घटनामा तीन सय आठ जनाको मृत्यु तथ्यांक सरकारले सार्वजनिक गरेको छ।

मंगलबार संसद बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २०७३ साउन १९ यता भएका एक सय ८१ वटा ठूला सवारी दुर्घटनामा तीन सय आठ जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

यस्तै गृहमन्त्री निधिले पछिल्लो दुई महिनाकै अवधिमा १२ सय ९६ वटा मोटरसाइकल तथा साना सवारी दुर्घटना भएकोमा २७ सय ९३ जना घाइते भएको जानकारी दिए।

यसैगरी साउन १९ यताको समयावधिमा बाढी पहिरोमा परी एक सय २७ को मृत्यु भएको निधिले जानकारी दिए।

बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई एक लाख दिइने

गृहमन्त्री निधिले बाढी पहिरो तथा अन्य दैवी विपत्तिमा ज्यान गुमाएका पीडित परिवारलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराइने बताए।

उनले काजकिरियाका लागि मृतकका परिवारलाई २५ हजार रुपैयाँबाट बढाएर एक लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको बताए।

यसअघि सरकारले मृत्यु भएका परिवारलाई काजकिरिया बापत २५ हजाररुपैयाँ उपलब्ध गराउँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.