सिटी एक्सप्रेस र स्वाबलम्बन लघुवित्तबीच सम्झौता
काठमाडौँ: सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि र नेपालको ‘ख’ वर्गको स्वाबलम्बन लघुवित्त विकास बैंक लिमिटेडबीच रेमिटेन्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्पmत पठाएको पैसा स्वावलम्वन लघुवित्त विकास बैंकका नेपालभर रहेका एक सय १३ शाखाबाट समेत भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्पmबाट प्रबन्ध निर्देशक चन्द्र टन्डन र स्वावलम्वन लघुवित्त विकास बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले हस्ताक्षर गरेका छन् ।
१० वर्षदेखि विदेशबाट सुरक्षित र भरपर्दो रेमिटेन्स भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानबाट आफ्नै कार्यालयमार्पmत् तथा अमेरिका, साउदी अरब, कतार, मलेसिया, यूएई, बेलायत, जोर्डनलगायत नेपाली कार्यरत सबैजसो मुलुकबाट विभिन्न कम्पनीसँग सहकार्य गरी नेपालमा रेमिटेन्स भित्र्याउँदै आएको छ ।