दसैंमा राजधानीमा नेपाली सेनाको निशुल्क बस
काठमाडौं: नेपाली सेनाले वडादशैमा सर्वसाधारणको यात्रा सहज बनाउन विभिन्न ८ वटा रुटमा निशुल्क बस सेवा संचालन गर्ने भएको छ ।
सेनाले असोज २४ देखी २६ गते सम्म बिहान ६ वजे देखी नै उपत्यकामा निशुल्क बस सेवा संचालन गर्ने भएको हो । चाडपर्वका बेला सार्वजनिक यातायातहरु न्युन मात्रामा चल्ने भएकाले यात्रुको अवागनलाई सहज बनाउन नेपाली सेनाले निशुल्क बस सेवा संचालन गर्ने भएको हो ।
सैनिक प्रवक्ता ताराबहादुर कार्कीले चाडबाडका बेला सार्वजनिक सवारीसाधनहरु न्युन मात्रामा चल्ने भएकाले यात्रुहरुलाई कष्टकर नहोस भनेर सेनाले निुशुल्क बस सेवा संचालन गरेको बताए ।
नेपाली सेनाले वडासैँको अवसरमा घर विदामा जाने सैनिक र तीनका परिवारलाई लक्षित गर्दै लामो दुरीमा समेत निशुल्क बस सेवा संचालन गरेको छ ।
सेनाले सैनिक र तीनका आफन्तलाई लक्षित गदैै मंगलबारबाट काठमाडौहुँदै इटहरी, हेटौडा, दोलखा, रामेछाप,सिन्धुपाल्चोक, त्रिशुली, धादिङ, बुटवाल, पोखरा, धनगढी र नारायणगढ सम्म जाने र फर्कने निशुल्क बस सेवा संचालन गरेको छ । त्यस क्षेत्रमा जाने बसहरु प्रत्येक दिन विहान ६ वजे छुटने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।