नगददेखि घरघडेरीसम्मको अफर

नगददेखि घरघडेरीसम्मको अफर

काठमाडौं:चाडपर्वलाई लक्षित गर्दै रेमिटेन्ससेवा प्रदायक कम्पनीहरूले उपहार योजना सार्वजनिक गरेका छन् । दसैंतिहार र छठ पर्वको अवसर पारेर सेवा प्रदायक कम्पनीले काठमाडौंमा घडेरीदेखि मोटरसाइकल,स्कुटर, घरायसी उपकरण, स्मार्ट फोन र हात खाली नहुने उपहार ल्याएका छन् ।

सेवा प्रदायक कम्पनीले ग्राहक आकर्षित गर्न उपहारदेखि भ्रमणसमेतका योजना सार्वजनिक गरेका छन् । असोजको सुरुदेखि छठसम्म रेमिटेन्स पठाउनेले यी उपहार पाउनेछन् । अन्य समयभन्दा चाडपर्वमा रेमिटेन्स धेरै भित्रिने भएकाले दसैंलाई लक्षित गरी प्रायः सबै रेमिटेन्स कम्पनलीले उपहार योजना ल्याउने गरेका हुन् ।

विदेशबाट नेपालमा पैसा पठाउँदा प्राप्त हुने संकेत नम्बरलाई 'लक्की ड्र' मा समावेश गरी भाग्यशाली विजेता छनोट गर्ने कम्पनीले जानकारी दिएका छन् । भाग्यशाली कुपन विजेताले काठमाडौंमा चा। आना घडेरीदेखि नगद एवम् स्कुटरसम्मका उपहारमा पाउनेछन् । त्यसबाहेक पनि रेमिटेन्स कम्पनीले हात खाली नजाने थुप्रै उपहार घोषणा गरेका छन् ।

वैधानिक माध्यमबाट नेपालमा रेमिटेन्स भित्र्याउन र ग्राहकलाई प्रोत्साहन गर्ने उद्देश्यले घडेरी उपहार घोषणा गरिएको सिटी एक्सप्र्रेस मनि ट्रासफरका प्रमुख प्रशासन अधिकृत कृष्णराज पौडेलले बताए । 'हामीले यस अघिका दसैंतिहार तथा छठ पर्वमा सवारीसाधन र तीजमा महिला दिदी बहिनीलाई सुनसम्मका उपहार दिएका थियौं,' उनले भने, 'यसपाली भने काठमाडौंमा चार आना घडेरीनै उपहार ल्याएका छौं ।'

आईएमई

आईएमईले 'आईएमई, हात हुँदैन खाली' ग्राहक योजना सञ्चालनमा ल्याएको छ । असोज १ गतेदेखि सञ्चालनमा ल्याएको यो योजना असोज ३० सम्म सञ्चालन हुनेछ । यस योजनामा विदेशबाट आईएमईमार्फत नेपाल पठाएको पैसा पाउने प्रत्येकले आईएमईको ब्रान्डेड क्याप, टीसर्ट, टर्च, सपिङ झोला, पेन, स्टेसनरी सेटलगायत उपहार पाउने कम्पनीका प्रबन्धक राजु पौडेलले जानकारी दिए ।

'ठूलो उपहार योजान ल्याउँदा सबैलाई ग्राहकलाई नसमेटिने हुँदा सबैलाई हात खाली नहोस् भनी यस्तो योजना ल्याउने उनले बताए । उनका अनुसार साप्ताहिक लक्की ड्रममा विजयी हुनेलाई प्रत्येक साता १ जनाको दरले ४ थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गरिनेछ । 'यस वर्षको पहिलो साप्ताहिक लक्की ड्र विजेत तिलकबहादुर श्रेष्ठ बनेका छन्', उनले भने 'मलेसियाबाट पठाएको रेमिटेन्स यस पटकको दसैंको पहिलो स्कुटर विजेता हुन् ।'

निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्रमा विजयी हुने १० जनालाई जनही दुईवटाका दरले चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराउने उनले बताए । उपहार योजना अवधिभर ६ सयवटा चन्द्रागिरि केवलकारको टिकट बाँडिनेछ ।
१६ वर्षे व्यावसायिक यात्रामा आईएमईले सुरुदेखिनै गाडीदेखि विभिन्न उपहार योजना ल्याएको छ । कम्पनीले ग्राहकलाई दिएको सेवाको कारण अहिले सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनी भएको उनले बताए । आईएमईको रेमिटेन्ससेवा प्रदायक कम्पनीमा २५ प्रतिशत बजार हिस्सा रहेको छ ।

घोषणा गरिएको इन्टरनेसनल मनी एक्ससप्रेस का प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल बताउँछन् । यसैगरी, रेमिटेन्स कम्पनीबीचको प्रतिस्पर्धाले पनि पठाउने र पाउनेलाई उपहार योजना सञ्चालन गरिएको पोखरेलको बताए ।
देशभर करिब चार दर्जन रेमिटेन्स कम्पनी सञ्चालन भए पनि केही कम्पनीले मात्रै आकर्षक उपहारको घोषणा गरेका हुन् ।

प्रभु मनि ट्रान्सफर

प्रभुले यस वर्षको मुख्य चाडपर्वलाई लक्षित गरी कात्तिक तेस्रो सातासम्मका लागि 'चाडपर्वको वहार सातै हप्ता उपहार' योजना ल्याएको छ । यो योजनामा सहभागीले यामाहाको मोटरसाइकल, स्कुटर, टीभी, मोबाइललगायत सयौंको संख्यामा रिचार्ज कार्ड छन् । 'यामाहाको स्यालुटो बाइक एक थान र रे जेड स्कुटर एक थान बम्पर उपहार योजना ल्याएको मार्केटिकङ अफिसर श्यामराज गौतमले जानकारी दिए ।

अघिल्ला वर्ष सबैलाई हात खाली नहोस भनी साना उपहार ( टिसर्ट, क्याप, किरिङ) योजना ल्याउने गरेकोमा अहिले कारोबार बढेसँगै उपहार पनि विशेष प्रकारको प्रदान गर्न थालिएको उनले बताए । अहिले प्रतिस्पर्धाको बजार छ अन्यसँगै हिड्न लागि पनि यस्ता उपहार ल्याउनु परेको उनले बताए । प्रभुले यस्ता उपहार योजनाका लागि ४० देखि ५० लाख रुपैयाँसम्म खर्च गर्ने गरेको छ ।

साथै प्रभुले हरेक साता एक/एक जनालाई एलईडी टीभी, मोबाइल फोन र डिस होम प्रदान गर्ने योजना ल्याएको छ । हरेक दिन सात जनालाई दुई सय रुपैयाँको रिचार्ज पनि दिइनेछ । कम्पनीले दुई साताको उपहार योजना पनि सार्वजनिक गरिसकेको छ । उक्त उपहार नेपालमा पैसा बुझ्ने आफन्तजनलाई प्रदान गरिने प्रभुले जानकारी दिएको छ ।

सिटी एक्सप्रेस मनि ट्रासफर

सिटी एक्सप्रेस मनी ट्रान्सफरले यस वर्ष चाडपर्व लक्षित उपहार योजनामा 'सिटी बजाउनुहोस्, काठमाडौंमा घडेरी पाउनुहोस्' नामक उपहार योजना ल्याएको छ । योजनाअनुसार सिटी एक्सप्रेसमार्फत् असोज १० देखि पुस ९ गतेसम्म कारोबार गर्ने ग्राहकमध्ये १ जना भाग्यशाली ग्राहकले काठमाडौं उपत्यकाभित्र नै चार आना घडेरी प्राप्त गर्नेछन् ।

यसैगरी, हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलईडी टेलिभिजन पनि प्राप्त गर्नेछन् । १२ हप्तासम्म सञ्चालन गरिने यो योजनाबाट १२ जना भाग्यशाली विजेता घोषणा गरिनेछ । घडेरी तथा जग्गा सपना तथा भविष्यसँग पनि भावनात्मक रूपमा जोडिएको हुनाले ग्राहकको सपनाको कदर गर्दै जग्गा उपहार स्वरुप प्रदान गर्न लागिएको कम्पनीका मनि एक्सचेञ्जका प्रमुख प्रशासन अधिकृत कृष्णराज पौडेलले बताए ।

संसारा रेमिट

संसारा रेमिट प्रालिले दसैं र तिहारलाई लक्षित गरी 'दसैंतिहार १० लाख उपहार' योजना ल्याएको छ । संसारा रेमिट प्रालिबाट रकम पठाउने सबै ग्राहक योजनामा सहभागी हुने कम्पनीका बजार तथा व्यापार प्रवद्र्धन निर्देशक सुरज क्षेत्रीले जानकारी दिए ।

'सहभागी ग्राहकमध्येबाट प्रत्येक हप्ता एक जनाले एक लाख नगद उपहार जित्नेछन्', उनले भने,'यो योजना १० हप्तासम्म सञ्चालनमा रहनेछ ।' लक्की ड्रमार्फत गरिने यो योजनामा एउटै व्यक्तिले पटकपटक उपहार पनि जित्न सक्नेछ । तर, उसले त्यो नगद उपहार जित्न प्रत्येक साता पैसा पठाउनु पर्नेछ ।

'विशेषगरी दसैंतिहारमा पैसाको आवश्यकता पर्ने हुनाले हामीले अन्यभन्दा फरक हुन नगद उपहार योजना ल्याएका हौं,' क्षेत्रीले भने,' यस वर्षको उपहार योजना हाम्रो पहिलो योजना हो । 'यस नगद योजनाले विजेता ग्राहकलाई आउँदै गरेका महान् चाडपर्व अझ बढी खुसी र उमंग थप्ने उनले बताए ।

मनी ग्राम

मनीग्रामले हरेक हप्ता उपहार दिने योजना सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत भाग्यशाली विजेताले लक्की ड्रमार्फत् १० मोटर बाइक, १० रेफ्रिजेरेटर र १० स्मार्ट फोन जित्न सक्नेछन् । भदौ २५ गतेदेखि असोज २४ गतेसम्म मनीग्रामबाट पैसा पठाउने र प्राप्त गर्ने कम्पनीले घोषणा गरेको उपहार प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.