कोक अब कसैको सम्बन्ध टुटोस् भन्न चाहँदैन

कोक अब कसैको सम्बन्ध टुटोस् भन्न चाहँदैन

कोकाकोलाले नेपालमा लाखौं मानिसलाई आफ्ना विभिन्न उत्पादनमार्फत चिसोपन प्रदान गरिरहेको छ । कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले जस्ता पेय पदार्थ उत्पादन गर्दै आएको कम्पनीले नेपालमा कोल्ड ड्रिङस बजारको आधाभाग नै ओगटेको छ ।

आफ्नो व्यापारका साथै विभिन्न समाजिक कार्यमा समेत सहभागी हुँदै आएको कम्पनीले दसैंतिहारलाई लक्षित गरेर अहिले 'मन खोलौं कोकसँग' भन्ने नयाँ अभियान सुरु गरेको छ । कम्पनीले सुरु गरेको यही नयाँ अभियानसँग सम्बन्धित रहेर कोकाकोला नेपालका देशीय निर्देशक आलोक कोहलीसँग अन्नपूर्णले गरेको वार्ताको सारसंक्षेपः

- तपाईंहरूले 'मन खोलौं कोकसँग' अभियान ल्याउनु भएको छ । यो कस्तो अभियान हो ?

यो विशेष कोकको माध्यमबाट आफ्नो मनको भावना अरुलाई व्यक्त गर्न सहयोग पुगोस भनेर यो अभियान सञ्चालनमा ल्याइएको हो । नेपालमा सम्बन्ध भन्ने कुरा महत्त्वपूर्ण छ । हामीले त्यसैलाई मध्यनजर गरेर मानिसको जीवनका १५ महत्त्वपूर्ण सम्बन्धलाई दर्शाउने गरी आफ्नो पुरानो लेबल हटाएर १५ वटा सन्देशसहितका नयाँ लेबल प्याक सार्वजानिक गरेको छौं ।

परम्परागत कोकको लेबल यो वर्ष हटाएर हरेक मानिसको जीवनमा प्रभावित पार्ने विशेष सम्बन्ध जस्तै बुबा, दाजुलगायतलाई सम्मान स्वरुप प्रतिस्थापन गरेको छौं । यसमार्फत ग्राहकले आफ्ना प्रियजनसँग आफ्नो भावना साट्न सक्नेछन् । यसमा परिवार, आफन्त वा साथीभाइका लागि उपभोक्ताले चाहेको प्याक खरिद गरेर सन्देशसहित उपहार प्रदान गर्न सकोस भन्ने योजनाका साथ हामीले यो अभियान सुरु गरेका हौं । यो अभियानले उपाभोक्तालाई साथी तथा परिवारसँग जोडिन सहयोग गर्नेछ ।

यो अभियानको आसय कोकले भावनात्मक सम्बन्ध जोड्न सक्छ भन्ने हो अथवा भावनात्मक अभियानमार्फत ग्राहकको विश्वास जित्न खोज्नु भएको छ ?

हामीले उत्प्रेरकको भूमिका निर्वाह गर्ने कोशिस मात्र गरहेका हौं । जसरी सम्बन्ध महत्त्वपूर्ण हुन्छ त्यसरीनै त्यसलाई बनाइ राख्न पनि जरुरी हुन्छ । कतिपय मान्छेले मनको भावन भन्न नसकेर आफ्नो सम्बन्ध पनि गुमाएका छन् । हामी अब कसैको सम्बन्ध टुटोस् भन्न चाहाँदैनौ । मनको भावना एउटा कोकको माध्यममार्फत उपभोक्ताले सहजै भन्न सकुन भनेर यो अभियान ल्याएका हौं । हामीले दुई सम्बन्धबीचमा भूमिका खेल्ने प्रयास गरेका हौं । चाडपर्व पनि सम्बन्ध नै हो, त्यसैले हामीले यो समयमा यो योजना ल्याएका हौं । यो चाडवाडमा हामी ग्राहकको विश्वास जित्नभन्दा पनि उनीहरूको सम्बन्धलाई अझ प्रगाढ गर्न चाहान्छौं ।

- सम्बन्धलाई जनाउन कोकको लेबलमा मात्र परिवर्तन गरिएको छ वा स्वाद पनि ?

कोकको स्वादमा हामीले कुनै परिवर्त गरेका छैनौं । जुन स्वादले कोक सफल भइरहेको छ त्यसलाई परिर्वतन गरेर बजारमा आउन चाहँदैनौं । विश्वभरि ग्राहकले मन पराएको कोकको पुरानो स्वादनै हामीले यसमा प्रयोग गरेका छौं । मात्र फरक भनेको कोकको बोतलमा भएको पुरानो लेबललाई हटाएर सम्बन्धलाई दर्शाउन नयाँ १५ सम्बन्धसहितको लेबलका साथ आएका हौं ।

यो अभियान कतिसम्म सफल हुन्छ जस्तो लागेको छ ? अभियान सफल हुने नहुने भन्ने कुरा अभियानको अन्त्यमा मात्र थाहा हुने कुरा हो । तर हामी अभियान सफल होस्भन्दा पनि मानिसको सम्बन्ध अझ प्रगाढ होस भन्ने चाहाँन्छौ । जति सम्बन्ध प्रगाढ हुँदै जान्छ त्यती हाम्रो अभियान सफल हुँदै जानेछ ।

कोल्ड ड्रिङसको बजारमा प्रतिस्पर्धा कस्तो छ ?

अवश्य पनि बजार प्रतिस्पर्धात्मक नै छ । यहाँ साना कम्पनी निकै साना छन् भने कतिपय प्रतिस्पर्धाको बाजारमा उत्री सकेका छन् । बढ्दो बजारमा प्रतिस्पर्धाका लागि हामीले पनि कोकका साथै किन्ले वाटर, माजा जस्ता उत्पादन भित्त्याएका छौं । त्यसले पनि हाम्रीलाई बजारमा सहयोग पुर्‌याएको छ ।

व्यापारको कुरा गर्ने हो भने देशमा संकट पर्दा हाम्रो व्यापारमा समेत संकटपर्नु भनेको स्वाभाविकै हो । गत वर्ष भूकम्प, नाकाबन्दी जस्ता कारणले हाम्रा व्यापारमा समेत केही समस्या आएको थियो । तर, अहिलेको स्थितिमा भने कोकको बाजार धेरै नै राम्रो छ । बजार हिस्सको कुरामा अवश्य पनि हामीले हाम्रा प्रतिस्पर्धी कम्पनीलाई धेरै नै पछि छोडेका छौं । हामीले अहिलेको अवस्थामा नेपालको कोल्ड ड्रिङस बजारको झन्डै आधा भागनै ओगटेका छौं ।

- नेपालमा तपाईंहरूको बजार रणनीति कस्तो छ ?

ब्रान्डको विस्तारका लागि हामीले हरेक वर्ष विभिन्न किसिमका कार्यक्रम गर्दै आएका छौं । गत वर्ष हामीले कोकाकोला मोःमोत्सव आयोजना गरेका थियौं जुन कम्पनीका लागि फलदायी सावित भएको थियो । साथै हामीले कोकाकोला कपको आयोजना गर्‌यौं ।

यसले फुटबल प्रेमीबीच हामीलाई पुग्न अझबढी सहयोग पुगेको छ । त्यसका साथै हामीले विभिन्न कन्सर्टमा प्रायोजका रूपमा पनि सहभागिता जनाएका छौं । अहिले यो अभियान सुरु गरेका छौं । हामी मानिसबीच जोडिन चाहाँन्छौं त्यसैले त्यही अनुरुपको कार्यक्रम लिएर बजारमा आएका हुन्छौं । साथै हामी धेरैभन्दा धेरै ग्राहकसँग जोडिन विभिन्न स्थानमा बिक्री पसल तथा डिलरको विस्तार पनि गरिरहेका छौं ।

सडकको पहुँचले ग्रामीण भेगमा पनि मानिसको जीवन शैलीमा परिर्वतन हुँदै आएको छ । त्यसले चिसो खाने संस्कृति कति बढिरहेको पाउनुहुन्छ ?

अवश्य पनि सडक विस्तारले हाम्रो व्यापारमा पनि ठूलो सहयोग गरेको छ । यो कम्पनीका लागि राम्रो कुरा हो । चिसो खाने संकृतिको कुरागर्दा सुरुमा सिसाको बोतलमा मात्र आउने कोक ग्राहकको चाहना र परिस्थितिलाई मध्यनजर गरेर अहिले आकर्षण बोतलमा आएका छन् । यसले गर्दा पसलमा बसेर खानुपर्ने झन्झट सकिएको छ । ग्राहले घरमा लगेर पनि खान सक्ने भएका छन् । यसरी पसलबाट घरमा पुग्दा अवश्य पनि कोकको प्रयोग बढेको छ ।

गर्मीको समयमा त यो मानिसका लागि आवश्यक जस्तै भएको छ । दसैंतिहार जस्तो चाडवाडमा खुसी साट्न पनि यसको प्रयोग बढ्दोछ । यतिसम्म कि अब घामबाट हिँडेर आएका पाहुँनालाई चिसो पानीको ठाउँमा चिसो पदार्थ लिनुुहुन्छ भन्ने चलनको विकास भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.