तामझामका साथ तलेजुमा भित्र्याइयो दसैंको फूलपाती

तामझामका साथ तलेजुमा भित्र्याइयो दसैंको फूलपाती

नुवाकोटः नुवाकोटको धार्मिक तथा ऐतिहासिक तलेजु मन्दिरमा शनिबार बाजागाजा र तामझामका साथ फुलपाती भित्राइएको छ ।

विदुर नगरपालिका २ तलेजु भवानी मन्दिरमा सरकारी कर्मचारीको उपस्थिति र नेपाली सेनाको सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती विशेष कार्यक्रमका साथ भित्र्याइएको हो ।

नुवाकोटको फुलपाती भित्राउने परम्परा मल्लकालदेखि नै सन्ञ्चालन भएको र १८०१ साल असोज १५ गते तेश्रो प्रयासमा पृथ्वीनारायण शाहले नुवाकोट विजय प्राप्त गरेपछि झनै महत्व बढेर गएको स्थानीय वृद्ध नारायणमान डंगोलले बताए । फुलपाती भित्र्याउने परम्परा गोरखा र हनुमानढोकामा जति महत्वपूर्ण रहेको छ, नुवाकोटको पनि उत्तिकै महत्व रहेको उनले बताए ।

सरकारी प्रतिनिधिसहितका सर्वसाधारण पहिले साततले दरबार राष्ट्रिय संग्रहालयमा भेला भएर वृहत फुलपाती जात्रासहित भित्राएका हुन् । प्रसिद्ध तलेजुमा फुलपाती भित्र्याउनु अघि फुलपाती ल्याउने स्थान र फुलपाती भित्राउने स्थानमा लिपपोत गरि चोखो बनाई विशेष पुजापाठ गरिएको थियो ।

सयौँको संख्यामा उपस्थित सर्वसाधारण साततले दरबारबाट र्यालीसहित निस्केर फुलपाती लिन धोवीधाराको चौतारामा पुगेर संकलित फुलपाती लिएर तलेजुमा बाजागाजा र तामझामका साथ भित्राइएको हो । सो अवसरमा तलेजु भवानीको मन्दिरमा सरकारीस्तरबाट एउटा वोका वलि दिइएको थियो ।

जंगल र बगैचा पुगेर बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती बाजागाजा र उच्च सुरक्षाका साथ भित्राइएको हो । वाजागाजासहित दुई किलोमिटर दुरीवाट लावालस्करसहित पुगेर संकलन गरेर ल्याइएको फुलपाती भित्राइएको हो ।

फुलपाती भित्र्याउने कार्यमा नेपाली सेनाको टुकडीले मंगल सलामी दिनुका साथै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेललगायत सेना, प्रहरी तथा विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । फुलपाती भित्राएपछि सवैले प्रसाद स्वरुप भैरवी र तलेजुको टिका ग्रहण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.