खुकुरी प्रहार गरेर बाबुको हत्या

खुकुरी प्रहार गरेर बाबुको हत्या

चितवनः भरतपुर उपमहानगरपालिका–१९ गणेशगन्जमा शनिबार साँझ एक व्यक्तिले बाबुको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ६१ वर्षीय वसन्तप्रसाद सापकोटाको कान्छा छोरा २५ वर्षीय विनोदसापकोटाले खुकुरी प्रयोग गरी उनको हत्या गरेका हुन्।

साँझ ७ः४५ बजे बाबु छोराबीच झगडा हुँदा छोरको खुकुरी प्रहारबाट बाबु वसन्तप्रसादको बायाँ कानको तल्लो भागमा चोट लागेकाले चितवन मेडिकल कलेजमा उपचारका गराउने क्रममा उनको मृत्यु भएको हो ।

घरायसी झगडाको क्रममा मादकपदार्थ सेवन गरेका विनोदले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि भागेका सापकोटालाई राति १२ बजे प्रहरीले पक्राउ गरेको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.