अन्नपूर्णकर्मी अधिकारी सम्मानित

अन्नपूर्णकर्मी अधिकारी सम्मानित

लमजुङः अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका लमजुङ संवाददाता दीपक अधिकारी सम्मानित भएका छन् ।

पूर्वी लमजुङको राइनास नगरपालिका ३ तिनपिप्लेको अकला युवा क्लबले दसैँको अवसरमा गरेको सांस्कृति कार्यक्रममा अधिकारी सम्मानित भएका हुन् ।

पत्रकारिताको माध्यमबाट जिल्लाको सामाजिक, आर्थिक, सांस्कृति लगायत क्षेत्रको प्रबद्र्धनमा योगदान पुर्याएको भन्दै अधिकारी सम्मानित भएका हुन् ।

उनलाई लमजुङका सांसदद्धय जमिन्द्रमान घले, लालबहादुर गुरुङ, नेपाली कांग्रेस लमजुङका पूर्वसभापति तुलसीनारायण श्रेष्ठ र क्लबका अध्यक्ष माधव पौडेलले संयुक्त रुपमा सम्मान गरे ।

‘संस्कार युक्त समाज निर्माणका लागि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना भएको सांस्कृतिक कार्यक्रममा सञ्चारकर्मी आश गुरुङ, सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलीया र स्थानीय ज्येष्ठ नागरिकसमेत सम्मानित भए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.