भारतीय अपराधी आलम प्रहरी कारबाहीमा मारिए

भारतीय अपराधी आलम प्रहरी कारबाहीमा मारिए

वीरगन्जः वीरगन्जमा आइतबार बेलुकी प्रहरीको जवाफी कारबाहीमा एक भारतीय अपराधी मारिएका छन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १८ शीरोमणी टोलमा प्रहरीको गोली लागेर भारतीय अपराधी दिलशाद आलम मारिएका हुन्।

आलम दुई महिना पहिले वीरगन्जका उद्योगी सुरेश केडियाको अहपरण काण्डका फरार अपराधी हुन् । तर प्रहरीले भने मृत व्याक्तिको पहिचान खुल्न नसकेको बताएको छ ।

शीरोमणी टोलमा आइतबार बेलुकी ८ बजे तिर नियमित चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकललाइ रोकेर चेकजाँच गर्दा मोटरसाइकलको पछाडि बसेका व्याक्तिले अचानक प्रहरी माथि पेस्तोल ताकेपछि जवाफी कार्वाहीमा प्रहरीले प्रहार गरेको गोली लागेर ती व्याक्तिको मृत्यु भएको हो ।

मोटरसाइकल चाकल भने मोटरसाइकलसहित फरार भएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए। मृतकको साथबाट एक थान पोस्तोल र तीन राउण्ड गोली पनि बरामद गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित फरार रहेका अर्का व्याक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.