नेपाल प्रहरीको कारबाहीमा भारतीय अपराधी मारिएको पुष्टि

नेपाल प्रहरीको कारबाहीमा भारतीय अपराधी मारिएको पुष्टि

वीरगञ्जः केडिया अर्गनाइजेशनका संचालक सुरेश केडियाको अपहरण काण्डमा संलग्न एक भारतीय अपराधी प्रहरीको कार्वाहीमा मारिएको पुष्टि भएको छ ।

वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १८ शीरोमणी टोलमा आइतबार बेलुकी प्रहरीको कार्वाहीमा भारत बिहारको समस्तीपुर जगमोहरा गाँउ निवासी २९ बर्षीय दिलशाद अहमद मारिएका हुन् ।

चार महिना पहिले भएको वीरगन्जका उद्योगी सुरेश केडियाको अहपरण काण्डका फरार अपराधी अहमद आइतबार बेलुकी वीरगन्जको शीरोमणी टोलमा प्रहरीसंग भएको भिडन्तमा मारिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

शीरोमणी टोलमा आइतबार बेलुकी ८ बजे तिर नियमित चेकजाँचका क्रममा रक्सौलबाट आएको दुई जना सवार भारतीय नम्बर प्लेटको मोटरसाइकललाइ रोकेर चेकजाँच गर्दा मोटरसाइकलको पछाडि बसेका व्याक्तिले अचानक प्रहरी माथि पेस्तोल ताकेपछि जवाफी कार्वाहीमा प्रहरीले चलाएको गोली लागेर अहमदको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक भने मोटरसाइकल सहित फरार भएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए। मृतक अहमदको साथबाट एक थान कटुवा पोस्तोल, चार राउण्ड गोली , दुइ सय ३० रुपैया भारु , एक सय ४० रुपैया नेरु , अहमदको भारतीय आधार कार्ड, एयरटेल कम्पाीको सिम सहितको माबोइल एक थान र विभिन्न व्याक्ति तथा होटेलको सीमकार्ड पनि बरामद गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मोटरसाइकल सहित फरार रहेका अर्का व्याक्तिको खोजी भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

मृतक अहमदको साथबाट बन्दुक र गोली बरामद भएकाले उनीहरु अपराधिक घटना गराउने योजनाका साथ वीरगन्ज प्रवेश गरेको अनुमान प्रहरीले गरेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

व्यापारिक कामका सिलसिलामा गत जेठ १३ गते साँझ बाराको बरियारपुर पुगेर फर्किदै गरेका बेला व्यापारी केडिया बाराको महागढीमाइ नगरपालिका पर्ने पसाहा पुल नजिकबाट अपहरणमा परेका थिए । नेपाल र भारतका प्रहरीको विशेष सक्रियतामा केडिया सीमापारीबाट अपहरण भएको चार दिनपछि मुक्त भएका थिए । केडियाको अपरहणको घटनामा अहमद सहितको संलग्नता रहेको खुलेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.