राष्ट्रपतिले छोरीलाई टीका लाएर खुसी साटिन् (फोटोफिचर)
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा छोरीलाई टीका लगाएर वडा दसैंको खुशी साटेकी छिन् ।
मंगलबार बिहान ०८ः४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाएपछि राष्ट्रपतिले छोरीलाई टीका लगाइदिएर खुशी साटेकी हुन् । राष्ट्रपतिले कान्छी छोरी उषाकिरणलाई टीका लगाइदा आमा छोरी नै प्रफुल्ल देखिएका छन् ।
सोही अवसरमा राष्ट्रपति भण्डारीले काका काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगाइदिएका थिए ।
दसैंको टीकाको दिन राष्ट्रपतिले शितल निवास पुगेका आफ्न्त र परिवारका सदस्यलाई टीका लगाइदिएकी छिन् । सर्वसाधारणलाई दुई बजेपछि मात्र राष्ट्रपतिले टीका लगाइदिएकी छिन् ।