दसैंकै दिन दोलखा केन्द्र भएर भूकम्पको धक्का
काठमाडौँः विजय दशमीको टीकाकै दिन दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १२ बजेर ५३ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको हो ।
यसअघि गत शुक्रबार बिहान १० बजेर ३७ मिनेटमा पनि दोलखा नै केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको थियो ।
यो गत वर्ष बैशाख १२ मा गोरखा केन्द्रविन्दु भएर भएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ ।
त्यसयता अहिलेसम्म ४ रेक्टर स्केलमाथिका मात्रै चार सय ७१ परकम्प गैसकेका छन् ।